२०८२, २४ भाद्र मंगलबार

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालन

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालन


धुलिखेल, ७ असारः सिन्धुपाल्चोकको चौतारासाँगाचोक गढी नगरपालिकाले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नम्बर ५ स्थित चौतारा बजारमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको लक्षित वर्ग शीर्षकको १५ लाख रुपैया बजेटमा उद्योग सञ्चालन गरिएको हो । अहिले १० जनाले काम गर्न सक्ने गरी मेसिन राखिएको छ । बजारको माग अनुसार कपडाहरु उत्पादन गर्ने लक्ष्य सहित उद्योग सञ्चालनमा ल्याइएको वडाध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए ।

उद्योगमा मेसिन विद्यूतीय जडान गरिएको छ । उद्योगबाट नमुना कपडा उत्पादनको काम सुरु भइसकेको छ । उद्योगका आज नगरप्रमुख अमान सिं तामाङले उद्घाटन समेत गर्नुभएको छ । दलित समन्वय समिति र स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले उद्योग सञ्चालनको रेखदेख गर्नेछन् ।

उद्योगका क्षमता १५ देखि २० जनासम्मले काम गर्न सक्नेछ । आफ्नै गाउँ ठाउँमा उद्योग सञ्चालनमा आएपछि स्थानीय दलित समुदायका युवाहरुमा पनि खुशी भएका छन् । गाउँमै रोजगार सीर्जना भएको भन्दै उनीहरु खुशी भएका हुन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  १२ : ५५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा