२०८२, २२ चैत्र सोमबार

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालन

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालन


धुलिखेल, ७ असारः सिन्धुपाल्चोकको चौतारासाँगाचोक गढी नगरपालिकाले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नम्बर ५ स्थित चौतारा बजारमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको लक्षित वर्ग शीर्षकको १५ लाख रुपैया बजेटमा उद्योग सञ्चालन गरिएको हो । अहिले १० जनाले काम गर्न सक्ने गरी मेसिन राखिएको छ । बजारको माग अनुसार कपडाहरु उत्पादन गर्ने लक्ष्य सहित उद्योग सञ्चालनमा ल्याइएको वडाध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए ।

उद्योगमा मेसिन विद्यूतीय जडान गरिएको छ । उद्योगबाट नमुना कपडा उत्पादनको काम सुरु भइसकेको छ । उद्योगका आज नगरप्रमुख अमान सिं तामाङले उद्घाटन समेत गर्नुभएको छ । दलित समन्वय समिति र स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले उद्योग सञ्चालनको रेखदेख गर्नेछन् ।

उद्योगका क्षमता १५ देखि २० जनासम्मले काम गर्न सक्नेछ । आफ्नै गाउँ ठाउँमा उद्योग सञ्चालनमा आएपछि स्थानीय दलित समुदायका युवाहरुमा पनि खुशी भएका छन् । गाउँमै रोजगार सीर्जना भएको भन्दै उनीहरु खुशी भएका हुन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  १२ : ५५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर