२०८३, ११ बैशाख शनिबार

धुलिखेलको फस्कोटमा बुद्ध पार्क निर्माण सुरु

धुलिखेलको फस्कोटमा बुद्ध पार्क निर्माण सुरु


धुलिखेल, ६ असारः धुलिखेल नगरपालिका वडा नम्बर १० को फस्कोटको पिङ डाँडामा बुद्ध शान्ति पार्कको निर्माण सुरु भएको छ । शनिबार नगरप्रमुख अशोक ब्याञ्जुले पार्कको शिलान्यास गरेका हुन् ।

डिभिजन वन कार्यालय धुलिखेलको १० लाख, धुलिखेल नगरपालिकाको ६ लाख र उपभोक्ताको २ लाख ४० हजार गरी जम्मा १८ लाख ४० हजारमा पार्क बन्नेछ । बुद्धको मुर्ती सहितको पार्क चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख ब्याञ्जुले नगरपालिकाले विभिन्न जाति, धर्म, भाषा, सस्कृतिलाई विशेष महत्व दिएर काम गरिरहेको बताए । नगरपालिकाले जनजाति परिषद् नै गठन गरेर जनजाति समुदायको विकास, उत्थान र उनीहरुको बसोबास रहेको ठाउँमा आवश्यक योजना निर्माण गर्ने र बजेट विनियोजन गर्ने काम भइरहेको बताए ।

नगरप्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका विकास निर्माण र जनअपेक्षा भन्दा बाहिर नरहेको भन्दै सबै साथ र सहयोगले मात्रै नगरपालिकालाई अब्बल बनाउन सकिने बताए । ‘सबै वडामा सम्मान जनक ढंगले विकास निर्माणको काम अघि बढिरहेको छ, उनले भने ‘सबैको हातमालोले मात्रै समृद्धि प्राप्त गर्ने हो, दीर्घकालिन विकास हुने हो ।’

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ६ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले