२०८३, ६ कार्तिक शुक्रबार

धुलिखेलको फस्कोटमा बुद्ध पार्क निर्माण सुरु

धुलिखेलको फस्कोटमा बुद्ध पार्क निर्माण सुरु


धुलिखेल, ६ असारः धुलिखेल नगरपालिका वडा नम्बर १० को फस्कोटको पिङ डाँडामा बुद्ध शान्ति पार्कको निर्माण सुरु भएको छ । शनिबार नगरप्रमुख अशोक ब्याञ्जुले पार्कको शिलान्यास गरेका हुन् ।

डिभिजन वन कार्यालय धुलिखेलको १० लाख, धुलिखेल नगरपालिकाको ६ लाख र उपभोक्ताको २ लाख ४० हजार गरी जम्मा १८ लाख ४० हजारमा पार्क बन्नेछ । बुद्धको मुर्ती सहितको पार्क चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख ब्याञ्जुले नगरपालिकाले विभिन्न जाति, धर्म, भाषा, सस्कृतिलाई विशेष महत्व दिएर काम गरिरहेको बताए । नगरपालिकाले जनजाति परिषद् नै गठन गरेर जनजाति समुदायको विकास, उत्थान र उनीहरुको बसोबास रहेको ठाउँमा आवश्यक योजना निर्माण गर्ने र बजेट विनियोजन गर्ने काम भइरहेको बताए ।

नगरप्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका विकास निर्माण र जनअपेक्षा भन्दा बाहिर नरहेको भन्दै सबै साथ र सहयोगले मात्रै नगरपालिकालाई अब्बल बनाउन सकिने बताए । ‘सबै वडामा सम्मान जनक ढंगले विकास निर्माणको काम अघि बढिरहेको छ, उनले भने ‘सबैको हातमालोले मात्रै समृद्धि प्राप्त गर्ने हो, दीर्घकालिन विकास हुने हो ।’

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ६ : २३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा