२०८३, २२ जेष्ठ शनिबार

गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होम दोङ

गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होम दोङ


धुलिखेल ६ असार बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर दोङ नियुक्त भएको छ । दोङलाई मन्त्रिपरिषदको बैठकले बुधबार नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार अन्र्तगत विभागीय समितिहरुको खाली रहेको पदपूर्ति गरिदै लैजानुपर्ने उद्घोष गरेसँगै समितिको खाली रहेको पदमा उनलाई नियुक्ति गरेका हुन् ।

दुप्चेश्वर गाउँपालिका–५ नुवाकोट साविक बालकुमारी–२ का होमबहादुर दोङ स्वर्गीय बुबा मानबहादुर तामाङ र आमा धनलक्ष्मी तामाङका सुपुत्र हुन् । उनी एक कानूनी व्यवसायी हुन् ।

नेपाल बास्केटबल संघ २०६५ मा केन्द्रीय सदस्य, २०७० मा सचिव र ०७१र०७२मा महासचिव भएका हुन् । हाल संघको उपाध्यय छन् । यसैगरी २०७६ देखि हालसम्म नेपाल ओलम्पिक कमिटीका सदस्य रहेका छन् । दोङ २०५७ मा नेपाल ल क्याम्पसका स्ववियु सभापति भएका थिए ।

समितिको सदस्य सचिवमा नरेन्द्रकुमार गुरुङले तीन पटक कार्यभार सम्हालेका छन् भने ङिमातेण्डुप शेर्पाले दुई पटक कार्यभार सम्हालेका छन्

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ११ : २७ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति