२०८३, १५ श्रावण शनिबार

काभ्रेका अस्पताललाई अंकुश : रिफर गर्ने अस्पतालसँग समन्वय नगरे कारबाही

काभ्रेका अस्पताललाई अंकुश : रिफर गर्ने अस्पतालसँग समन्वय नगरे कारबाही


धुलिखेल, ६ असारः गत जेठ २२ गते नियमित गर्भ जाँच गराइरहेको शीर मेमोरियल अस्पतालले गर्भवती महिलालाई अस्पतालको गेटबाटै फर्कायो । सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल पुगेकी धुलिखेल नगरपालिका वडा नम्बर २ का २० बर्षीय ती गर्भवती महिलाका आफन्त अन्यौलमा परे ।

धुलिखेल अस्पात ल्याए तर गर्भजाँच गराइरहेको अस्पतालले रिफर नगरेको भन्दै उपचार गर्न नसक्ने जवाफ दिए । र धुलिखेल अस्पतालले पनि फर्कायो दियो । उनी घर गई । पछि वडाध्यक्षले समन्वय गरेपछि धुलिखेल अस्पतालले ती महिलाको उपचार गर्यो ।

यो एउटा प्रतिनिधि गर्ने घटनामात्रै हो । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि गरिएको लकडाउनको दिन देखि नै काभ्रे सहित देशभरका अस्पतालहरुले यस्तै मनलाग्दी गर्ने गरेका छन् । हुन त डाक्टरहरु मान्छे नै हुन । उनीहरुको पनि सुरक्षा पहिलो प्राथमिकतामै पर्छ । तर त्यसो भन्दैमा सेवा नै नगर्ने भन्ने हुदैँन । सुरक्षाका भरपर्दो उपाय अबलम्बलन गरेर बिरामीको सेवा गर्नुपर्छ ।

डाक्टरले रिफर नगरेको बहानामा ती गर्भवती महिलालाई फनफनी घुमाइयो । तर त्यो घटनामा प्रत्यक्ष संकलन रहेका जिल्लाका दुई ठूलो अस्पताललाई कारबाही त के स्पष्टिकरण समेत नसोधिएको पाइएको छ । यो बेला गर्भवतीका लागि निकै जोखिमपूर्ण थियो । तर अस्पतालहरुले ती महिलाको जोखिमतालाई बुझेनन ।

लकडाउनका बेला पनि कोरोना संक्रमणका बिरामी बाहेक बिरामी र खाद्यान्नलाई सहज बनाउन कमाण्ड पोष्ट गठन गरिएको छ । त्यस्तै जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) पनि छ । त्यो बेला उनीहरुको समेत भूमिका निकै कमजोर देखियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रपछि भने डिसीसीएमसीले एक अस्पतालबाट अर्को अस्पताल बिरामी पठाउँदा समन्वय नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

डिसीसीएमसीले आफ्नो निर्णयमा भनेको छ ‘बिरामीलाई एक अस्पतालबाट अर्को अस्पताल समन्वय नगरी रिफर गर्दा बिरामी मर्कामा परी भर्ना तथा उपचार नपाउने अवस्था आएको देखिदा, रिफर गरिने अस्पतालसँग समन्वय नगरी अब उप्रान्त बिरामी नपठाउने । त्यसरी समन्वय नगरी रिफर गरिएको पाइएमा कानुन बमोजिम कारबाही समेत गरिने ।’

काभ्रेको धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पालतमा दैनिक हजारौँ बिरामीको आउजाउ हुन्थ्यो । कोरोनाको महामारिपनि अहिले अस्पताल पुग्नेकाे संख्या निकै कम छन् ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  १० : २४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने