२०८२, २६ जेष्ठ सोमबार

काभ्रेका अस्पताललाई अंकुश : रिफर गर्ने अस्पतालसँग समन्वय नगरे कारबाही

काभ्रेका अस्पताललाई अंकुश : रिफर गर्ने अस्पतालसँग समन्वय नगरे कारबाही


धुलिखेल, ६ असारः गत जेठ २२ गते नियमित गर्भ जाँच गराइरहेको शीर मेमोरियल अस्पतालले गर्भवती महिलालाई अस्पतालको गेटबाटै फर्कायो । सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल पुगेकी धुलिखेल नगरपालिका वडा नम्बर २ का २० बर्षीय ती गर्भवती महिलाका आफन्त अन्यौलमा परे ।

धुलिखेल अस्पात ल्याए तर गर्भजाँच गराइरहेको अस्पतालले रिफर नगरेको भन्दै उपचार गर्न नसक्ने जवाफ दिए । र धुलिखेल अस्पतालले पनि फर्कायो दियो । उनी घर गई । पछि वडाध्यक्षले समन्वय गरेपछि धुलिखेल अस्पतालले ती महिलाको उपचार गर्यो ।

यो एउटा प्रतिनिधि गर्ने घटनामात्रै हो । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि गरिएको लकडाउनको दिन देखि नै काभ्रे सहित देशभरका अस्पतालहरुले यस्तै मनलाग्दी गर्ने गरेका छन् । हुन त डाक्टरहरु मान्छे नै हुन । उनीहरुको पनि सुरक्षा पहिलो प्राथमिकतामै पर्छ । तर त्यसो भन्दैमा सेवा नै नगर्ने भन्ने हुदैँन । सुरक्षाका भरपर्दो उपाय अबलम्बलन गरेर बिरामीको सेवा गर्नुपर्छ ।

डाक्टरले रिफर नगरेको बहानामा ती गर्भवती महिलालाई फनफनी घुमाइयो । तर त्यो घटनामा प्रत्यक्ष संकलन रहेका जिल्लाका दुई ठूलो अस्पताललाई कारबाही त के स्पष्टिकरण समेत नसोधिएको पाइएको छ । यो बेला गर्भवतीका लागि निकै जोखिमपूर्ण थियो । तर अस्पतालहरुले ती महिलाको जोखिमतालाई बुझेनन ।

लकडाउनका बेला पनि कोरोना संक्रमणका बिरामी बाहेक बिरामी र खाद्यान्नलाई सहज बनाउन कमाण्ड पोष्ट गठन गरिएको छ । त्यस्तै जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) पनि छ । त्यो बेला उनीहरुको समेत भूमिका निकै कमजोर देखियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रपछि भने डिसीसीएमसीले एक अस्पतालबाट अर्को अस्पताल बिरामी पठाउँदा समन्वय नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

डिसीसीएमसीले आफ्नो निर्णयमा भनेको छ ‘बिरामीलाई एक अस्पतालबाट अर्को अस्पताल समन्वय नगरी रिफर गर्दा बिरामी मर्कामा परी भर्ना तथा उपचार नपाउने अवस्था आएको देखिदा, रिफर गरिने अस्पतालसँग समन्वय नगरी अब उप्रान्त बिरामी नपठाउने । त्यसरी समन्वय नगरी रिफर गरिएको पाइएमा कानुन बमोजिम कारबाही समेत गरिने ।’

काभ्रेको धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पालतमा दैनिक हजारौँ बिरामीको आउजाउ हुन्थ्यो । कोरोनाको महामारिपनि अहिले अस्पताल पुग्नेकाे संख्या निकै कम छन् ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  १० : २४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक