२०८३, ११ बैशाख शनिबार

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


काठमाडौं , ६ असारः आज शनिबार, त्यसै पनि सार्वजनिक विदाको दिन। झन् लकडाउनले गर्दा धेरैजना घरमै हुनुहुन्छ होला। यदि आज घरबाहिर निस्कने तपाईंको योजना छ भने छाता बोक्न नर्बिसिनुहोला। मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली रहने अनुमान गरेको छ।

विभागका अनुसार हाल भारतको पूर्वी(उत्तर प्रदेशमा वायुको न्यून चापीय प्रणाली सक्रिय छ, जसले नेपालमा वर्षा गराइरहेको छ। ‘हाल देशका अधिकांश भूभागमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको देखिन्छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भएको छ,’ विभागले आज बिहान जारी विज्ञप्तिमा उल्लेख छ।

आज दिउँसो सुदूरपश्‍चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहने विभागले बताएको छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र वागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

आज देशैभर हल्का, मध्यम र भारी वर्षाको सम्भावना रहेकाले कौशी वा छतमा कपडा सुकाउँदा अलि विचार गर्नुहोला। कौशी र छतमा कपडा सुकाउनुपर्ने हो भने आज कपडा नधोएकै राम्रो।

‘प्रदेश १, प्रदेश २, वागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ।

विभागले नदीमा पानीको बहाव समेत बढ्ने अनुमान गरेको हुँदा यस्तो बेला भारी वर्षा हुने स्थानमा रहेका खोला तथा नदीमा पौडी नखेलेकै राम्रो। एक्कासी आउने बाढी र भेलले ज्यानलाई जोखिममा पार्न सक्छ।

भोलि दिउँसो सुदूरपश्‍चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, वागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सोमबार दिउँसो सुदूरपश्‍चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी प्रदेशका केही स्थानमा साथै प्रदेश ५, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साभारः dekhapadhi.com

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ८ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले