२०८३, १६ बैशाख बिहीबार

तेमाल ६ का ९० जना दीर्घरोगीलाई निःशुल्क औषधी

तेमाल ६ का ९० जना दीर्घरोगीलाई निःशुल्क औषधी


धुलिखेल, ५ असारः तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलमा दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ । वडाका ९० जना दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरेको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिए ।

आर्थिक बर्ष २०७६⁄७७ को जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत टोल टोलमा पुगेर वडा भित्रका सुगर, प्रेसर, दम, मुटुरोग लगायत बिभिन्न ९० जना दीर्घरोगीहरुको नाम संकलन गरेर एक महिनालाई पुग्ने औषधी निःशुल्क वितरण गरिएको हो ।

औषधी खरिदको लागि वडाले ४८ हजार ४ सय १० रुपैँया खर्च गरेको छ । यस अघि वडाले सोहि अभियान अन्तर्गत जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र १६ जना गर्भवती महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ । आगामी आर्थिक बर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने वडाअध्यक्ष तामाङले बताए ।

जेठ २९ गते देखि २०७७ जेठ ३२ गते अभियान नै चलाएर वडाध्यक्ष तामाङ औषधी वितरण गरेका हुन् । महाँकाल आधारभूत विद्यालय पकुवाल, नवनिर्मित वडा कार्यालय भबन भुमेथान, मोक्तानटोल, वडा कार्यालय भबन पुर्खङडाँडा, ठूलोपर्सेल बसपर्क, पन्चा कन्या माध्यामिक विद्यालय पधेराटोल, पन्चा कन्या मन्दिर राटमाटे, महिला भबन मगरछाप, माथिल्लो छाप र सिङ्गटीमा पुगेर १ महिनाको औषधी वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ७ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले