२०८३, ८ कार्तिक आईतबार

तेमाल ६ का ९० जना दीर्घरोगीलाई निःशुल्क औषधी

तेमाल ६ का ९० जना दीर्घरोगीलाई निःशुल्क औषधी


धुलिखेल, ५ असारः तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलमा दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ । वडाका ९० जना दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरेको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिए ।

आर्थिक बर्ष २०७६⁄७७ को जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत टोल टोलमा पुगेर वडा भित्रका सुगर, प्रेसर, दम, मुटुरोग लगायत बिभिन्न ९० जना दीर्घरोगीहरुको नाम संकलन गरेर एक महिनालाई पुग्ने औषधी निःशुल्क वितरण गरिएको हो ।

औषधी खरिदको लागि वडाले ४८ हजार ४ सय १० रुपैँया खर्च गरेको छ । यस अघि वडाले सोहि अभियान अन्तर्गत जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र १६ जना गर्भवती महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ । आगामी आर्थिक बर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने वडाअध्यक्ष तामाङले बताए ।

जेठ २९ गते देखि २०७७ जेठ ३२ गते अभियान नै चलाएर वडाध्यक्ष तामाङ औषधी वितरण गरेका हुन् । महाँकाल आधारभूत विद्यालय पकुवाल, नवनिर्मित वडा कार्यालय भबन भुमेथान, मोक्तानटोल, वडा कार्यालय भबन पुर्खङडाँडा, ठूलोपर्सेल बसपर्क, पन्चा कन्या माध्यामिक विद्यालय पधेराटोल, पन्चा कन्या मन्दिर राटमाटे, महिला भबन मगरछाप, माथिल्लो छाप र सिङ्गटीमा पुगेर १ महिनाको औषधी वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ७ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना