२०८२, २० असार शुक्रबार

धुलिखेलको हवेली डाँडासम्म सडक ढलान

धुलिखेलको हवेली डाँडासम्म सडक ढलान


धुलिखेल, ४ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ को हवेली डाँडासम्म सडक ढलान हुने भएको छ । चालु आर्थिक वर्षभित्रै सकाउने गरी नगरप्रमुख अशोक ब्याञ्जुले ढलानको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको २६ लाख र उपभोक्ताको १६ लाख गरी कुल ४० लाखमा सडक ढलान हुने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । २ सय ६० मिटर सडकमा पक्की ढलान हुनेछ । ६०÷४० को अवधारण अन्तर्गत सडक ढलान हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख ब्याञ्जुले नगरका हरेक वडाका सडक बाह्रै महिना सवारी साधन चल्ने बनाउने नगरपालिकाको योजना रहेको बताए । उनले सडक पूर्वाधार राम्रो भए पर्यटक आउजाउ देखि स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज सहज रुपमा बजारसम्म लैजान सजिलो हुने बताए ।

कार्यक्रममा उपप्रमुख बिमला शर्मा, वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन जंगम लगायतका जनप्रतिनिधि र उपभोक्ताहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ८ : २४ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक