२०८३, २० आश्विन बुधबार

धुलिखेलको हवेली डाँडासम्म सडक ढलान

धुलिखेलको हवेली डाँडासम्म सडक ढलान


धुलिखेल, ४ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ को हवेली डाँडासम्म सडक ढलान हुने भएको छ । चालु आर्थिक वर्षभित्रै सकाउने गरी नगरप्रमुख अशोक ब्याञ्जुले ढलानको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको २६ लाख र उपभोक्ताको १६ लाख गरी कुल ४० लाखमा सडक ढलान हुने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । २ सय ६० मिटर सडकमा पक्की ढलान हुनेछ । ६०÷४० को अवधारण अन्तर्गत सडक ढलान हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख ब्याञ्जुले नगरका हरेक वडाका सडक बाह्रै महिना सवारी साधन चल्ने बनाउने नगरपालिकाको योजना रहेको बताए । उनले सडक पूर्वाधार राम्रो भए पर्यटक आउजाउ देखि स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज सहज रुपमा बजारसम्म लैजान सजिलो हुने बताए ।

कार्यक्रममा उपप्रमुख बिमला शर्मा, वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन जंगम लगायतका जनप्रतिनिधि र उपभोक्ताहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ८ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको