२०८३, ८ कार्तिक आईतबार

काभ्रे जिल्लाका क्वारेन्टाइन लैङ्गिक तथा घरेलु हिंसा मुक्त बनाइने

काभ्रे जिल्लाका क्वारेन्टाइन लैङ्गिक तथा घरेलु हिंसा मुक्त बनाइने


धुलिखेल, ४ जेठः काभ्रेमा रहेको सबै क्वारेन्टाइनलाई थप ब्यवस्थित गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जिल्लाका क्वारेन्टाइनहरुमा महिला, गर्भवती र सुत्केरी महिलाहरु माथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिने आवश्यक पर्ने सेवा सुविधाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।

त्यस्तै स्वास्थ्य सामग्रीको समेत प्राथमिकका साथ उपलब्धता गराउने निर्णय गरेको छ । जिल्लामा विभिन्न क्वारेन्टाइनमा आज ८६ जना बसिरहेका छन् । जिल्लामा ५७ जना पुरुष र २९ जना महिला क्वारेन्टाइनमा बसिरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

जिल्लामा हालसम्म २२ सय १८ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यस्तै ११ सय १२ जनाको स्वाब संकलन गरी पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।

काभ्रेमा हालसम्म ५ जनामा मात्रै कोरोना पुष्टि भएको छ । जिल्लामा क्वारेन्टाइन बेडको संख्या ८ सय ३ पुगेको छ । रोशी गाउँपालिकाले १ सय १० बेड पुर्याएको छ । त्यस्तै २५ वेड रहेको मण्डनदेउपुरमा १ सय बेड पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आइसोलेसन बेड भने १३ वटा मात्रै रहेको छ ।

धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, महाभारतमा ४६ र चौरीदेउरालीमा ३० वेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।

त्यस्तै नमोबुद्धमा ६५, पाँचखालमा ४० र धुलिखेल अस्पतालले आफ्ना कर्मचारीको प्रयोगजनका लागि बनाएको ५२ बेड गरी ८ सय ३ वेडको क्वारेटाइन जिल्लामा रहेको छ ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ६ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना