काठमाडाैँ, २ असार: काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । यही असार २ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी बुझाउन नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएकाे हाे । बुधबार एक सूचना जारी गरेर ट्रष्टको कार्यालयले चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ ।
पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा सम्झाैता भएको थियो । कमलादीमा रहेकाे उक्त भवन २०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।
प्रतिक्रिया