२०८२, १२ पुस शनिबार

धुलिखेल रंगशालामा प्यारापिट निर्माण सुरु

धुलिखेल रंगशालामा प्यारापिट निर्माण सुरु


धुलिखेल, ३ असारः धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित रंगशालामा दर्शक बस्ने ठाउँ (प्यारापिट) निर्माणको काम सुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्यारापिट निर्माण सुरु गरिएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले २५ लाख रुपयाँ सहयोग गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । प्यारापिटको नगरप्रमुख ब्याञ्जु र उपप्रमुख बिमला शर्माले शिलान्यास गरेका हुन् ।

यो रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । डिपिआर अनुसारनै प्यारापिट निर्माण थालिएको नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले बताए । डिपिआर अनुसार रंगशाला निर्माणका लागि ५५ करोड रुपैयाँ लागत लाग्नेछ ।

यो खेलमैदानको २३ रोपनी जग्गा छ । अपुग जग्गा अतिग्रहण गरिनेछ । नयाँ रंगशाला ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ । पहिलो चरणमा ४ हजार जना दर्शक अट्ने रंगशाला निर्माण हुनेछ । पहिलो चरणमा २० करोड रुपैयाँ खर्च हुने इन्जिनियर हुमागाईले बताए । डिपिआरमा ६ हजार दर्शक अट्ने गरी डिजाइन गरिएको छ ।

चार तल्ले भवन, मल्टिप्लेक्स हल, स्मार्ट पार्किङ, अपाङ्गमैत्री सडक बन्ने छन् । इन्जिनियर हुमागाईका अनुसार तीन वर्षभित्रमा रंगशाला निर्माण पुरा हुनेछ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ०६ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको