२०८२, १० मंसिर बुधबार

धुलिखेल नगरपालिको बोल्ड निर्णयः बृद्धबृद्धाको कोरोना बिमा, ब्यवसाय कर मिनाहा

धुलिखेल नगरपालिको बोल्ड निर्णयः बृद्धबृद्धाको कोरोना बिमा, ब्यवसाय कर मिनाहा



धुलिखेल, ३ असारः काभ्रेको धुलिखेल नगरपालिकाले लकडाउन अवधिभरको ब्यवसाय कर नलिने निर्णय गरेको छ । मंगलबार बसेको नगरपालिकाको ३५ औं कार्यपालिका बैठकले ब्यवसाय कर मिनाहा गर्ने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

यसबाट धुलिखेल नगरपालिकाभित्रका पर्यटन उद्योग, होटल, ब्यापार र ब्यवसायीहरुले प्रत्यक्ष लाभ लिन पाउनेछन् । नगरपालिकाले होटलको रुम संख्याको आधारमा बार्षिक कर उठाउँदै आएको थियो । ‘ब्यवसायीले बर्षभरि तिर्ने करको लकडाउन अवधिभर पार्न आउने रकम मिनाहा गर्ने निर्णय भएको छ, नगरप्रमुख ब्याञ्जुले भने ‘ब्यवसायीहरुले यसबाट राहतको पुग्ने छ ।’

कार्यपालिका बैठकले कर तिर्न बाँकी रहेका ब्यवसायीहरुलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र कर तिरे जरिवाना शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको छ । पालिकाभित्र १० देखि १५ वर्षसम्म पनि कर नतिर्ने ब्यवसायी छन् । ‘नगरपालिकाले लक्ष्य लिएको राजस्व पनि उठन् हामीले अनुमान गरेका छौँ, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले भने ‘जति वर्ष कर नतिरि बस्यो जरिवाना थपिदैँ गइरहेको हुन्छ, त्यसैले कर तिर्न चाहानेका लागि सतप्रतिशत छुट दिने निर्णय गरेका हौँ ।’

नगर कार्यपालिका बैठकले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । बैठकले ७० वर्ष उमेर समूहका सबै बृद्धबृद्धा र ६० वर्ष माथिको दलित समुदायका बृद्धबृद्धाको निर्जीवन बिमा गर्ने निर्णय गरेको हो । ५० हजारको एक बर्षे निर्जीवन कोरोना बिमा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लुइटेलले जानकारी दिए । नगरपालिकाभित्र करिब १७ सयको हाराहारिमा बृद्धबृद्धा रहेका छन् । नगरपालिकाले यसअघि सरसफाईमा खटिने सबै कर्मचारीको निर्जीवन कोरोना बिमा गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लुइटेलका अनुसार निर्जीवन बिमा गरेका जो कोहिमा पनि कोरोना संक्रमण हुने बित्तिकै बिमा बापतको रकम पाउने छन् ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ८ : २६ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा