२०८२, १७ चैत्र बुधबार

ईको हिमालद्धारा मण्डनदेउपुरमा स्वास्थ्य सुरक्षाका सामग्री बितरण

ईको हिमालद्धारा मण्डनदेउपुरमा स्वास्थ्य सुरक्षाका सामग्री बितरण


धुलिखेल, २ असारः ईको हिमाल नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा मंगलबार (आज) एक कार्यक्रमको आयोजना गरी ईको हिमाल नेपालले कोभिड–१९ रोकथाम तथा सुरक्षाका लागि अग्रपंत्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मीका लागि स्वास्थ्य सुरक्षाका सामाग्री नगरप्रमुख टोक बहादुर वाइबालाई हस्तान्तरण गरेको हो ।

इको हिमालले पुनः प्रयोग गर्न मिल्ने पिपिई एक सय सेट, एक पटक मात्र प्रयोग गर्न मिल्ने पिपिई ५० सेट, ज्वरो नाप्ने ईन्फरेड थर्मल गन २० थान नगरपालिकालाई हस्तान्तण गरेको छ । त्यस्तै के एन ९५ मास्क (फिल्टरमा) एकसय थान, एन ९५ मास्क (फिल्टरमा) ७५ थान नगरपालिकालाई हस्तान्तरण गरेको ईको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिए ।

यस्तै ह्याड स्यानिटाईजर ५ सय मिलि लिटरको २ सय ४० थान, ग्लोभ्स ५० प्योकट, सर्जिकल मास्क पाँच हजार थान, झोल साबुन ५ सय मिलि लिटरको २ सय थान र फुट स्प्रे पम्प दुई थान पनि सहयोग उपलब्ध गराएको छ । संस्थाले नगरपालिकाभित्र कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम संञ्चालन गर्दै आइरहेको छ ।

इको हिमाल नेपालको सहयोग र नगरपालिकाको सहकार्यमा आइतबार सुरु भएको मण्डनदेउपुरका स्वास्थ्यकर्मी कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम मंगलबार (आज) सकिएको छ । प्रशिक्षणमा सहभागि स्वास्थ्यकर्मीलाई माक्स, पन्जा, पीपीई सेट लगाउँदा ध्यान दिनुपर्ने कुरा र लगाउने तरिका धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजिकरण गरेका थिए ।

इको हिमाल नेपालले लामो समयदेखि देखि मण्डनदेउपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, वन, खानेपानी लगायतको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ८ : ०६ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका