२०८२, २३ चैत्र मंगलबार

काभ्रे काँग्रेसले बुझायो प्रजिअलाई १२ बुँदे ज्ञापनपत्र

काभ्रे काँग्रेसले बुझायो प्रजिअलाई १२ बुँदे ज्ञापनपत्र


धुलिखेल, २ असारः नेपाली काँग्रेस काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी जिल्ला सभापति मधु आचार्यको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले १२ बुदेँ ज्ञापनपत्र बुझाएको हो ।

सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परिक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापन पत्र बुझाएको जिल्ला सभापति आचार्यले जानकारी दिनुभयो ।
ज्ञापन–पत्र बुझाउन नेपालीका काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामा, पुर्व सांसद तीर्थ लामा लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । ज्ञापनमा कोभिड–१९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका भन्दै सबै सामग्रीको तत्काल आपूर्ति गर्न भनिएको छ ।

त्यस्तै पिसिआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गर्न पनि काँग्रेस काभ्रेले आग्रह गरेको छ । मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न पनि भनिएको छ ।

काँग्रेसले स्वास्थ्य सामग्री खरीदमा निरन्तर भ्रष्टाचार कमिसनको जालोमा सरकार फसेको भन्दै आपत्ती जनाएको छ । काभ्रे लगायत विभिन्न जिल्लाका विदेशमा बिचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरी स्वास्थ्य परीक्षण एवं व्यवस्थित क्वारेनटाईनको प्रवन्ध मिलाउने तर्फ गम्भिरतापूर्वक पहल गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ६ : ०१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि