२०८३, १० भाद्र बिहीबार

काभ्रेको मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने

काभ्रेको मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने


धुलिखेल, २ असारः काभ्रेका मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने भएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मेथिनकोट अस्पतालाई प्रदेश अस्पतालको रुपमा स्तरउन्नाति गर्ने बताएको हो ।

नमोबुद्ध नगरपालिकाभित्र रहेको मेथिनकोट अस्पताल यसअघि जिल्ला अस्पतालको रुपमा थियो । बागमती प्रदेश सरकारले मेथिनकोट सहित दोलखोको चरिकोट, ललितपुरको पाटन जिल्ला अस्पताल, चितवनको बकुलर रत्ननगर अस्प्तालाई प्रदेश अस्पतालको रुपमा स्तरोन्नती गर्ने बताएको हो ।

त्यस्तै अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ व्टा प्रादेशिक निर्वाचित क्षेत्रलाई समेटेर थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल सञ्चालनका लागि १२ करोड ८० लाख रुपैयाँ बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

योसँगै प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुँच विस्तार हुने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट ३ सय ५९ वटा माध्यामिक विद्यालयमा नर्स सेवा पनि सुरु गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ११ : ११ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री