२०८३, ८ कार्तिक आईतबार

काभ्रेको मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने

काभ्रेको मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने


धुलिखेल, २ असारः काभ्रेका मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने भएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मेथिनकोट अस्पतालाई प्रदेश अस्पतालको रुपमा स्तरउन्नाति गर्ने बताएको हो ।

नमोबुद्ध नगरपालिकाभित्र रहेको मेथिनकोट अस्पताल यसअघि जिल्ला अस्पतालको रुपमा थियो । बागमती प्रदेश सरकारले मेथिनकोट सहित दोलखोको चरिकोट, ललितपुरको पाटन जिल्ला अस्पताल, चितवनको बकुलर रत्ननगर अस्प्तालाई प्रदेश अस्पतालको रुपमा स्तरोन्नती गर्ने बताएको हो ।

त्यस्तै अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ व्टा प्रादेशिक निर्वाचित क्षेत्रलाई समेटेर थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल सञ्चालनका लागि १२ करोड ८० लाख रुपैयाँ बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

योसँगै प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुँच विस्तार हुने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट ३ सय ५९ वटा माध्यामिक विद्यालयमा नर्स सेवा पनि सुरु गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ११ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना