२०८२, १० मंसिर बुधबार

अब धुलिखेलको क्वारेन्टाइनमै स्वाब संकलन हुने

अब धुलिखेलको क्वारेन्टाइनमै स्वाब संकलन हुने


धुलिखेल, १ असारः धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमै स्वाब संकलन हुने भएको छ । यसअघि यो क्वारेन्टाइन बस्ने सबैको स्वाब संकलन गर्न भौतिक रुपमै धुलिखेल अस्पताल जानुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको छ ।

रोटरी क्लब धुलिखेल र रोटरी क्लब अफ काठमाण्डौको आर्थिकमा सहयोगमा क्वारेन्टाइन स्थलमै पिपिई बुथ सञ्चालनमा ल्याइएपछि बाध्यता हटेको हो । पिपिई बुथ सञ्चालनमा आएपछि कोरोना भाइरसको आशंका गरिएका ब्यक्तिलाई अस्पतालसम्म लैजादाँ र ल्याउँदाको जोखिम पनि हटेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए ।

क्वारेन्टाइनको बाहिरी पट्टी पिपिई बुथ राखिएको छ । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर हेरेराम हुमागाईले बताए ।

बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।

डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाईले एक कार्यक्रमका बिच स्वास्थ्य संयोजक केसीलाई बुथ हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ७ : १९ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा