२०८३, १५ श्रावण शनिबार

अब धुलिखेलको क्वारेन्टाइनमै स्वाब संकलन हुने

अब धुलिखेलको क्वारेन्टाइनमै स्वाब संकलन हुने


धुलिखेल, १ असारः धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमै स्वाब संकलन हुने भएको छ । यसअघि यो क्वारेन्टाइन बस्ने सबैको स्वाब संकलन गर्न भौतिक रुपमै धुलिखेल अस्पताल जानुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको छ ।

रोटरी क्लब धुलिखेल र रोटरी क्लब अफ काठमाण्डौको आर्थिकमा सहयोगमा क्वारेन्टाइन स्थलमै पिपिई बुथ सञ्चालनमा ल्याइएपछि बाध्यता हटेको हो । पिपिई बुथ सञ्चालनमा आएपछि कोरोना भाइरसको आशंका गरिएका ब्यक्तिलाई अस्पतालसम्म लैजादाँ र ल्याउँदाको जोखिम पनि हटेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए ।

क्वारेन्टाइनको बाहिरी पट्टी पिपिई बुथ राखिएको छ । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर हेरेराम हुमागाईले बताए ।

बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।

डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाईले एक कार्यक्रमका बिच स्वास्थ्य संयोजक केसीलाई बुथ हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ७ : १९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने