२०८२, २४ कार्तिक आईतबार

चौरीदेउरालीका जनप्रतिनिधि योजना संकल गर्न वडा वडामा

चौरीदेउरालीका जनप्रतिनिधि योजना संकल गर्न वडा वडामा


धुलिखेल, १ असारः काभ्रेको चौरीदेउराली गाँउपालिकाल आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेका छ । आर्थिक वर्ष २०७७÷७८ को योजना संकल गर्न हरेक वडा वडामा पुगेको गाँउपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले जानकारी दिइन् ।

जेठ २५ गते देखी गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष, योजना अधिकृत लगायतको टोली हरेक वडा वडामा पुगीरहेका छन् । टोलीले पुरानो कामको समिक्षा र योजना संकलन गरिरहेको छ । पालिकाको नौ ओटा वडा मध्ये आठ ओटा वडाका योजना संकलन सकिएको छ ।

कृषि तथा पशु पंक्षीका कार्यक्रम, स्वास्थ्य, शिक्षा, खानेपानी आयोजनाका कामहरु, पुरानो बाँकी रहेका बिकास निमार्णका काम सकाउने लगायतका योजना आगामी आर्थिक वर्षको बजेटमा प्राथमीकतामा राखीने छ । निति तथा कार्यक्रम १० गते ल्याउने गाँउपालिकाले निर्णय गरेको छ ।

३ गते प्रत्येक वडा अध्यक्षहरुले तिन वर्ष सम्म गरेको कामको प्रगती र अनुभव अदान प्रदान गर्ने बताईएको छ ।

यसैबिच, चौरीदेउराली गाँउपालिका वडा नम्बर ९ गोठपानी का बेरोजगार ब्यक्तीलाई रोजगारकालागी वडा कार्यलयमा सम्पर्क गर्न वडा ले एक सुचना जारी गरेर जानकारी गराएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बेरोजगारहरु लाई असार १० गते भित्र वडामा सम्पर्क गर्न भनीएको वडा अध्यक्ष राम बाहादुर लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : ५३ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा