२०८२, २५ भाद्र बुधबार

लामोसाँघुका अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री

लामोसाँघुका अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री


धुलिखेल, १ असारः सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ लामोसाँघुले अपाङ्गता भएका ब्यक्तिहरुकालाई सहायता समाग्री प्रदान गरेको छ । सोमबार (आज) वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आवश्यकताको आधारमा विभिन्न सामग्री प्रदान गरिएको वडाध्यक्ष चरि बहादर तामाङले जानकारी दिए ।

बलेफी एकीकृत अपाङ्गता समाजको सहयोगमा प्राप्त सामग्री वडाले प्रदान गरेको हो । ह्वीलचियर, बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए ।

वडाभित्रका क र ख वर्गका १७ जना अपाङगता भएका ब्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको हो । ‘आवश्यकताको आधारमा ह्वीलचियर, बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको छ, वडाध्यक्ष तामाङले भने ‘यी सहायता सामग्रीले उहाँहरुको दैनिकीलाई केहि हदसम्म भएपनि सहजता दिने भन्ने अपेक्षा राखेका छौ, हामी उहाँहरुको दैनिकीलाई थप सजिलो बनाउन विभिन्न उपायका बारे पनि छलफल गरिरहेका छौँ ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ४ : ०८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा