२०८२, १० मंसिर बुधबार

रोशीका संक्रमितका परिवार र स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टि

रोशीका संक्रमितका परिवार र स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टि

क्वारेन्टाइन बसेका मध्ये ५ जनाको स्वाब संकलन


धुलिखेल, १ जेठः काभ्रेको रोशी गाउँपालिकाका कोरोना संक्रमितका परिवारमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना नदेखिएको पालिकाका स्वास्थ्य संयोजक गंगालाल श्रेष्ठले जानकारी दिए ।

रोशीका ३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको थियो । कन्ट्रयाक ट्रेसिङका आधारमा तीन जना संक्रमित परिवारका ७ जनाको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितको सम्पर्कमा आएका ४ जना स्वास्थ्यकर्मीको पनि रिपोट नेगेटिभ आएको छ ।

पालिकाले १ जना सुरक्षाकर्मीको समेत स्वाब संकलन गरी पठाएको थियो । उनको पनि नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । ‘३ जनामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा हामीले १२ जनाको स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाएका थियौँ, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘१२ जनामै कोरोना भाइरस नभएको पुष्टि भएको छ ।’

पालिकाले सञ्चालनमा ल्याएको मंगल जनविजय माविको क्वारेन्टाइनमा ६ जना बसिरहेका छन् । क्वारेन्टाइन बसेका मध्ये ५ जनाको आज स्वाब संकलन गरिएको छ । उनीहरु सबै भारतबाट आएका हुन् । अर्का एक जनाको भने स्वाब संकलन गर्ने समय नभइसकेकाले केहिदिन पछि धुलिखेल अस्पताल पठाइने छ । भारतबाट आउनेक्रम अझै रहेको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । ‘भारतबाट आउनु अधिकांश मानिस हाम्रो सम्पर्कमा हुनुहुन्छ, अहिले विभिन्न ठाउँमा आइपुगेका छौँ भनेर फोन गरिरहनुभएको छ, श्रेष्ठले भने ‘हामीले पालिकाभित्रका सबैलाई भनेका छौँ, यदि कोहि भारतबाट बिना जानकारी घर आइपुग्नुभएको छ भने तत्काल हामीलाई खबर गर्नुस् ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ३ : ४० बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा