२०८२, १७ चैत्र बुधबार

रोशीका संक्रमितका परिवार र स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टि

रोशीका संक्रमितका परिवार र स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टि

क्वारेन्टाइन बसेका मध्ये ५ जनाको स्वाब संकलन


धुलिखेल, १ जेठः काभ्रेको रोशी गाउँपालिकाका कोरोना संक्रमितका परिवारमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना नदेखिएको पालिकाका स्वास्थ्य संयोजक गंगालाल श्रेष्ठले जानकारी दिए ।

रोशीका ३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको थियो । कन्ट्रयाक ट्रेसिङका आधारमा तीन जना संक्रमित परिवारका ७ जनाको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितको सम्पर्कमा आएका ४ जना स्वास्थ्यकर्मीको पनि रिपोट नेगेटिभ आएको छ ।

पालिकाले १ जना सुरक्षाकर्मीको समेत स्वाब संकलन गरी पठाएको थियो । उनको पनि नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । ‘३ जनामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा हामीले १२ जनाको स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाएका थियौँ, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘१२ जनामै कोरोना भाइरस नभएको पुष्टि भएको छ ।’

पालिकाले सञ्चालनमा ल्याएको मंगल जनविजय माविको क्वारेन्टाइनमा ६ जना बसिरहेका छन् । क्वारेन्टाइन बसेका मध्ये ५ जनाको आज स्वाब संकलन गरिएको छ । उनीहरु सबै भारतबाट आएका हुन् । अर्का एक जनाको भने स्वाब संकलन गर्ने समय नभइसकेकाले केहिदिन पछि धुलिखेल अस्पताल पठाइने छ । भारतबाट आउनेक्रम अझै रहेको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । ‘भारतबाट आउनु अधिकांश मानिस हाम्रो सम्पर्कमा हुनुहुन्छ, अहिले विभिन्न ठाउँमा आइपुगेका छौँ भनेर फोन गरिरहनुभएको छ, श्रेष्ठले भने ‘हामीले पालिकाभित्रका सबैलाई भनेका छौँ, यदि कोहि भारतबाट बिना जानकारी घर आइपुग्नुभएको छ भने तत्काल हामीलाई खबर गर्नुस् ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ३ : ४० बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका