२०८२, २२ चैत्र सोमबार

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न बन्द

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न बन्द


धुलिखेल, १ असारः सिन्धुपाल्चोक जिल्लामा नदीजन्य पदार्थ उत्खन्न र संकलन कार्य बन्द गरिएको छ । आइतबार बसेको जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले आज देखि जिल्ला भित्रका सबै खोला र नदीबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलन कार्य बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले भदौँ मसान्तसम्म नदीजन्य पदार्था उत्खन्न र संकलन कार्य बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । उनका अनुसार जिल्ला अनुगमन तथा समन्वय समितिले नदीहरुको अनुगमन थाल्नेछ । अनुगमनका क्रममा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खन्न गरेको पाइएका नदीजन्य पदार्थ संकलन तथा उपयोग सम्बन्धि कार्यविधि २०७५ बमोजिम कारबाही गरिनेछ ।

बैठकमामा स्काभेटर बाहेक जीविको पार्जनका लागि कसैले नदीजन्य पदार्थ संकलन गर्छ भन्ने त्यस ब्यक्तिलाई कारबाही नगर्ने बारे पनि छलफल भएको छ । ‘कुनै समुदायले यहि नदीबाटै जीविको पार्जन गरिरहेका छन्, त्यस्तो समुदायको हकमा कारबाही प्रक्रियालाई कसरी लैजाने भन्ने कुरा बैठकमा उठेका थियो, जिसस प्रमुख तामाङले भने ‘जीविको पार्जनको नाममा नदीमा जथाभावि उत्खन्न गर्न नपाइने भन्ने विषयमा सबैको मत एक छ ।’

सिन्धुपाल्चोक जिल्ला भएर बग्ने सुनकोशी, इन्द्रावतीका साथै सहायक नदीहरुमा समेत प्रशस्तै क्रसर उद्योगहरु सञ्चालनमा छन् । ‘हामीले आजबाट स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न नपाउने निर्णय गरेका हौँ, प्रमुख तामाङले भने ‘पहिलेसम्म जे जति संकलन भएका छन त्यो बेच्न पाइन्छ, तर नदी उत्खन्न गर्न पादैँन ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ८ : ४० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर