२०८३, १५ आश्विन शुक्रबार

पशु बिमाः बनेपामा ७५ र पनौतीमा ५० प्रतिशत अनुदान

पशु बिमाः बनेपामा ७५ र पनौतीमा ५० प्रतिशत अनुदान


काभ्रेको बनेपा नगरपालिकाले पशु बिमा गर्ने किसानले ७५ प्रतिशत अनुदान पाउने भएका छन् । नगरपालिकाले पशु बिमा गरेका किसान र ब्यवसायिक फार्मसँग आवेदन समेत समेत माग गरेको छ । इच्छुक किसानले असार ५ गतेभित्र निवेदन दिइसक्नु पर्ने नगरपालिकाले जनाएको छ ।

सरकारी निकायबाट विगत २ आर्थिक वर्षसम्म नगद वा वस्तुवगत अनुदान नदिएका किसानले मात्रै पशु बिमामा ७५ प्रतिशत अनुदान पाउने छन् । चालु आर्थिक वर्षको स्वीकृत पशु बिमा कार्यक्रम अन्तर्गत कृषकले तिरेको प्रिमियम रकममा ७५ प्रतिशत अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए ।

यसैबीच पनौती नगरपालिकाले पनि पशु बिमा गरिसकेका किसानमा अनुदान दिने भएको छ । कृषकले तिरेको प्रिमियम रकममा ५० प्रतिशत अनुदान दिइने नगरपालिकाले जनाएको छ । कृषि तथा पशुपन्छी शाखाका प्रमूख मणिप्रसाद सापकोटाका अनुसार नगरपालिकामा पशु बिमा गर्ने किसानको संख्या ११ हजारभन्दा बढी छ ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  १२ : ०७ बजे

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित