२०८३, ७ कार्तिक शनिबार

पशु बिमाः बनेपामा ७५ र पनौतीमा ५० प्रतिशत अनुदान

पशु बिमाः बनेपामा ७५ र पनौतीमा ५० प्रतिशत अनुदान


काभ्रेको बनेपा नगरपालिकाले पशु बिमा गर्ने किसानले ७५ प्रतिशत अनुदान पाउने भएका छन् । नगरपालिकाले पशु बिमा गरेका किसान र ब्यवसायिक फार्मसँग आवेदन समेत समेत माग गरेको छ । इच्छुक किसानले असार ५ गतेभित्र निवेदन दिइसक्नु पर्ने नगरपालिकाले जनाएको छ ।

सरकारी निकायबाट विगत २ आर्थिक वर्षसम्म नगद वा वस्तुवगत अनुदान नदिएका किसानले मात्रै पशु बिमामा ७५ प्रतिशत अनुदान पाउने छन् । चालु आर्थिक वर्षको स्वीकृत पशु बिमा कार्यक्रम अन्तर्गत कृषकले तिरेको प्रिमियम रकममा ७५ प्रतिशत अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए ।

यसैबीच पनौती नगरपालिकाले पनि पशु बिमा गरिसकेका किसानमा अनुदान दिने भएको छ । कृषकले तिरेको प्रिमियम रकममा ५० प्रतिशत अनुदान दिइने नगरपालिकाले जनाएको छ । कृषि तथा पशुपन्छी शाखाका प्रमूख मणिप्रसाद सापकोटाका अनुसार नगरपालिकामा पशु बिमा गर्ने किसानको संख्या ११ हजारभन्दा बढी छ ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  १२ : ०७ बजे

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर