२०८३, ८ कार्तिक आईतबार

काभ्रेको महाभारत गाउँपालिकाका ७ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ

काभ्रेको महाभारत गाउँपालिकाका ७ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ


धुलिखेल, ३१ जेठः काभ्रेको महाभारत गाउँपालिकाका ७ जनामा कोरोना भाइरस नभएको पाइएको छ । पालिकाको चारकिल्ला स्थित क्वारेन्टाइनमा बसेका ७ जनाको स्वाब संकलन गरी धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणमा सातै जनामा कोरोना भारइरस नरहेको पाइएको पालिकाका स्वास्थ्य संयोजक हरिसिंह विष्टले जानकारी दिए ।

इन्डियाको बिहारबाट आएका १९ दिनदेखि क्वारेन्टाइनमा छन् । उनीहरुको जेठ २८ गते धुलिखेल अस्प्तालमा स्वाब ल्याइएको थियो । ‘धुलिखेल अस्पतालबाट सातै जानको रिपोर्ट नेगेटिभ भन्ने आएको जानकारी पाएको छु, स्वास्थ्य संयोजक विष्टले भने ‘उहाँहरु सबै भारतबाट आउनुभएको हो ।’

क्वारेन्टाइनमा बस्ने सबै पुरुष छन् । १५ देखि ५९ वर्ष उमेरका पुरुष रहेको स्वास्थ्य संयोजक विष्टले बताए । उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाइनेछ ।

महाभारतको अन्य थप दुई जनापनि क्वारेन्टाइनमा रहेका छन् । दुई जना २२ गतेदेखि वडा नम्बर ७ स्थित ज्योती आधारभूत विद्यालयको क्वारेन्टाइनमा छन् । पालिकामा ४६ बेड क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  १ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना