२०८२, १७ चैत्र बुधबार

काभ्रेको महाभारत गाउँपालिकाका ७ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ

काभ्रेको महाभारत गाउँपालिकाका ७ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ


धुलिखेल, ३१ जेठः काभ्रेको महाभारत गाउँपालिकाका ७ जनामा कोरोना भाइरस नभएको पाइएको छ । पालिकाको चारकिल्ला स्थित क्वारेन्टाइनमा बसेका ७ जनाको स्वाब संकलन गरी धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणमा सातै जनामा कोरोना भारइरस नरहेको पाइएको पालिकाका स्वास्थ्य संयोजक हरिसिंह विष्टले जानकारी दिए ।

इन्डियाको बिहारबाट आएका १९ दिनदेखि क्वारेन्टाइनमा छन् । उनीहरुको जेठ २८ गते धुलिखेल अस्प्तालमा स्वाब ल्याइएको थियो । ‘धुलिखेल अस्पतालबाट सातै जानको रिपोर्ट नेगेटिभ भन्ने आएको जानकारी पाएको छु, स्वास्थ्य संयोजक विष्टले भने ‘उहाँहरु सबै भारतबाट आउनुभएको हो ।’

क्वारेन्टाइनमा बस्ने सबै पुरुष छन् । १५ देखि ५९ वर्ष उमेरका पुरुष रहेको स्वास्थ्य संयोजक विष्टले बताए । उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाइनेछ ।

महाभारतको अन्य थप दुई जनापनि क्वारेन्टाइनमा रहेका छन् । दुई जना २२ गतेदेखि वडा नम्बर ७ स्थित ज्योती आधारभूत विद्यालयको क्वारेन्टाइनमा छन् । पालिकामा ४६ बेड क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  १ : ३१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका