२०८२, २२ चैत्र सोमबार

मालिक ! म अछुत हुँ

मालिक ! म अछुत हुँ


मालिक!
म अछुत हुँ
म देखि हजुर अलि पर बस्नुहोस्
अह मलाई छुदै नछुनुहोस्
किन कि मैले छोएपछि हजुर पनि अछुत हुनुहुनेछ ।

यो माटोलाई पनि छुदै नछुनुहोस्
हेर्नुस् त यो माटोमा
मेरी आमाको पैतालाका डोबहरु छन्
अब यो माटो पनि अछुत भैसकेको छ
बिन्ति छ यस्लाई पनि छुदै नछुनुहोस् ।

मलाई नै छोएर यो हावा हजुर तिरै आइरहेको छ
यो हावा देखि धेरै पर बस्नुहोस्
जहाँ मैले छोएको हावाले हजुरलाई छुन नसकोस्
र भेट्न नसकोस् ।

यो खोलाको पानी कसैले नछुनु
खोला पुरै अछुत भैसकेको छ
यहि पानी भित्र बगेको छ मेरो आँसु
यहि पानीमा गन्ध आउनेछ मेरै रगत
हरेक पानीको थोपाले मलाई छोएको छ
ढुंगाको एक एक कणले मलाई छोएको छ
यहि खोलामा मेरो चिहान छ
यहि पानी भित्र मेरो अन्तिम सास छ
मालिक !
कति वर्ष पछि पबित्र हुनेछु म ?
कति हजार वर्ष पछि ?
प्रयत्ना वाइबा-रौतहट

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ७ : ४९ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको