२०८३, ८ कार्तिक आईतबार

मालिक ! म अछुत हुँ

मालिक ! म अछुत हुँ


मालिक!
म अछुत हुँ
म देखि हजुर अलि पर बस्नुहोस्
अह मलाई छुदै नछुनुहोस्
किन कि मैले छोएपछि हजुर पनि अछुत हुनुहुनेछ ।

यो माटोलाई पनि छुदै नछुनुहोस्
हेर्नुस् त यो माटोमा
मेरी आमाको पैतालाका डोबहरु छन्
अब यो माटो पनि अछुत भैसकेको छ
बिन्ति छ यस्लाई पनि छुदै नछुनुहोस् ।

मलाई नै छोएर यो हावा हजुर तिरै आइरहेको छ
यो हावा देखि धेरै पर बस्नुहोस्
जहाँ मैले छोएको हावाले हजुरलाई छुन नसकोस्
र भेट्न नसकोस् ।

यो खोलाको पानी कसैले नछुनु
खोला पुरै अछुत भैसकेको छ
यहि पानी भित्र बगेको छ मेरो आँसु
यहि पानीमा गन्ध आउनेछ मेरै रगत
हरेक पानीको थोपाले मलाई छोएको छ
ढुंगाको एक एक कणले मलाई छोएको छ
यहि खोलामा मेरो चिहान छ
यहि पानी भित्र मेरो अन्तिम सास छ
मालिक !
कति वर्ष पछि पबित्र हुनेछु म ?
कति हजार वर्ष पछि ?
प्रयत्ना वाइबा-रौतहट

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ७ : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना