२०८२, ९ मंसिर मंगलबार

अस्पताल संचालकलाई अध्यक्ष चद्र थापाको चेतवानी

अस्पताल संचालकलाई अध्यक्ष चद्र थापाको चेतवानी


धुलिखेल ३० जेठ : नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा अस्पताल संचालकहरुलाई चेतवानी दिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको उलङ्घन गरी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जीवान यापनप्रति गैरजिम्मेवार बनेको भन्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्दीय अध्यक्ष चन्द्र थापाले चेतवानी दिएका हुन् ।

अध्यक्ष थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘नीजि क्षेत्रको अस्पताल संचालकहरुको मानोमानीेले मर्यादाको सिमापार गरेको छ, नेपाल सरकारको निर्णय अनुसार पारिश्रमिक र प्रोत्साहन भत्ता सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अभिलम्ब उपलब्ध गराइयोस ।’

त्यस्तै अध्यक्ष थापाले नीजि अस्पतालहरु देशको ऐन कनुनको पालना नगर्ने गम्भीर स्वास्थ्य संकटको यो अबस्थामा समेत सरकारका निर्णयलाई ठाडो चुनौती दिने र आफैसंग कार्यरत जनशक्तिका सामन्य मानवीय आवश्यकता र भावनाप्रति पनि संवेदनशील नभएको बताएका छन् ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ७ : ३१ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा