२०८३, ६ कार्तिक शुक्रबार

तेमालका बृद्धबृद्धालाई छाता र लठ्ठी

तेमालका बृद्धबृद्धालाई छाता र लठ्ठी


धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाका बृद्धबृद्धालाई छाता र लठ्ठी वितरण गरिएको छ । आज पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय काभ्रेले छाता, लठ्ठी र रुमाल वितरण गरेको हो । ६५ जना बृद्धबृद्धालाई छाता, लठ्ठी र रुमाल वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमूख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

सामग्री वितरणका लागि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, प्रहरी प्रमुख एसपी रविराज पौडेल, राष्ट्रिय अनुसन्धान डिएसपी सरोज निरौला लगायत तेमाल पुग्नुभएको थियो । भौतिक दूरी कायम गरेर सामग्री वितरण गरिएको प्रमूख डाक्टर झाले बताए ।

जिल्लाबाट पुगेको टोलीले चपाखोरी र पोखरी नारायणस्थानमा रहेको क्वारेन्टाइन समेत अनुगमन गरेको छ । तेमाल गाउँपालिकाले प्रत्येक वडामा १०/१० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । पालिकामा ९ वटा वडा रहेको छ । पालिका स्थतरिय र वडाका सहित गर्दा तेमाललमा १०५ बेडको क्वारेन्टाइन तयारी अवस्था रहेको पालिका प्रमूख सलाम सिं तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ३ : ४२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा