२०८३, ६ कार्तिक शुक्रबार

तेमाल गाउँपालिका-६ का दीर्घरोगीलाई निःशुल्क औषधि

तेमाल गाउँपालिका-६ का दीर्घरोगीलाई निःशुल्क औषधि


धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाको वडा नम्बर ६ ले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरेको छ । वडाको चालु आर्थिक वर्ष २०७६/०७७ को जेष्ठ नगारिक स्वास्थ्य परीक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत दीर्घरोगीहरुलाई औषधी वितरण गरेको वडाध्यक्ष विकु तामाङले जानकारी दिए ।

वडा भित्रका १४ जना दिर्घरोगीहरूलाई सुगर, प्रेसर, दम, थाइरईट, मुटु लगायत रोगको औषधि वितरण गरिएको हो । उनीहरुलाई ठूलोपर्सेल पकुवालको महाँकाल आधारभुत विद्यालय र नवनिर्मित वडा कार्यालय भवन भुमेथानबाट १ महिनासम्म पुग्ने गरि औषधि वितरण गरिएको वडाध्यक्ष तामाङले बताए ।

यसैबीच वडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नागरिकसँग योजना माग गरेको छ । असार २ गतेभित्र आफ्नो टोलमा आवश्यक योजना वडा कार्यालयमा दर्ता गराउन आग्रह गरिएको हो । पहिलको जस्तो बस्ति बस्तिमै गएर छलफल, भेला गरेर योजना संकलन गर्ने अवस्था नभएको भन्दै वडाले बस्ति स्तरीय वडा कार्यालयमा दर्ता गराउन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ८ : २६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा