२०८३, ९ कार्तिक सोमबार

काभ्रेका विकट पालिकाका संक्रमित धुलिखेलमै राखिने

काभ्रेका विकट पालिकाका संक्रमित धुलिखेलमै राखिने


धुलिखेल, २९ जेठः काभ्रेको विकट स्थानीय तहका कोरोना भाइरसका लक्षण देखिएकालाई धुलिखेलको क्वारेन्टाईनमा राखिने भएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द (डिसीसीएमसी) को बैठकलेले महाभारत, खानीखोला र चौरीदेउराली गाँउपालिकाका नागरिकलाई क्वारेन्टाईनमा राख्नु पर्ने भएमा धुलिखेलकोे क्वारेन्टाईनमा राख्ने निर्णय गरेको हो ।

यी तीन वटा पालिकाका बिरामी राख्न धुलिखेल क्याम्पसमा ७५ बेडको क्वारेन्टाइन निर्माण गरिनेछ । भौगोलिक बिकटता र वर्षा याम सुरु भए संगै क्वारन्टाईनमा बस्नेको स्वाब संकलन गर्न कठिनाइ हुने भएकाले यस्तो निर्णय गरिएको बताईएको छ । काभ्रे जिल्लामा हाल ६ सय ७४ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

यसैबीच जिल्लाको विभिन्न क्वारेन्टाइनमा बिहिबार ६८ जना बसिरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । ५७ जना पुरुष र ११ जान महिला गरी ६८ जना क्वारेन्टाईनमा बसिरहेका छन् । जिल्लामा हालसम्म ५ सय ५७ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यस मध्ये ५ जनामा संक्रमण भएको छ । उनीहरुको भक्तपुर स्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा हालसम्म २ हजार ७१ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । आरडिटीमा ३८ जनामा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ६ : १९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि