२०८३, १२ कार्तिक बिहीबार

तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ भवन निर्माण सुरु

तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ भवन निर्माण सुरु


धुलिखेल २८ जेठ तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा वडा भवन निर्माण सुरु गरिएको वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।

अहिले पिल्लर राख्ने काम धमाधम भइरहेको छ । एक, दुई दिन भित्रै डिपीसीका काम अघि बढ्ने वडाध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय निर्माणका लागि पालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर साविकको वडा नम्बर ९ लप्सेमा चरम खानेपानी अभाव भएका कारण २० लाख रुपैयाँ खानेपानी आयोजना निर्माणका लागि विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा वडा भवनको पिल्लर उठाउने काम मात्रै सकिने वडाध्यक्ष तामाङले बताउनुभयो । लप्से खानेपानी आयोजना भने अबको केहिदिनभित्रै सकिदैछ । याङमेल खोलाबाट लिप्ट गरिएको पानीबाट करिब १ सय ५० घरधुरी लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ५ : ०८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता