२०८३, ८ भाद्र मंगलबार

तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ भवन निर्माण सुरु

तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ भवन निर्माण सुरु


धुलिखेल २८ जेठ तेमाल गाउँपालिका वडा नम्बर २ को नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा वडा भवन निर्माण सुरु गरिएको वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।

अहिले पिल्लर राख्ने काम धमाधम भइरहेको छ । एक, दुई दिन भित्रै डिपीसीका काम अघि बढ्ने वडाध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय निर्माणका लागि पालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर साविकको वडा नम्बर ९ लप्सेमा चरम खानेपानी अभाव भएका कारण २० लाख रुपैयाँ खानेपानी आयोजना निर्माणका लागि विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा वडा भवनको पिल्लर उठाउने काम मात्रै सकिने वडाध्यक्ष तामाङले बताउनुभयो । लप्से खानेपानी आयोजना भने अबको केहिदिनभित्रै सकिदैछ । याङमेल खोलाबाट लिप्ट गरिएको पानीबाट करिब १ सय ५० घरधुरी लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ५ : ०८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र