२०८३, ७ कार्तिक शनिबार

पाँचखालका किसान भन्छन ‘फौजी किरा नियन्त्रण गर्न जनप्रतिनिधिले सहयोग गरेनन’

पाँचखालका किसान भन्छन ‘फौजी किरा नियन्त्रण गर्न जनप्रतिनिधिले सहयोग गरेनन’


धुलिखेल, २७ जेठ : काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरुले अमेरिकन पौजी किरा नियन्त्रणका लागि जनप्रतिनिधिले कुनै वास्ता नगरेको गुनासो गरेका छन् । पाँचखाल नगरपालिकाको वडा नम्बर १०, ११ र १२ नम्बर वडामा फौजी किराले मकैबाली सखाप पारिसकेको छ । तर नियन्त्रणमा वडा कार्यालयहरुले कुनै पहल नगरेको किसानहरुले गुनासो गरेका छन् ।

वडा नम्बर १० का गणेश अधिकारीले जनप्रतिनिधिले किसानको गुनासो नसुन्दा मकै बाली सखाप भएको बताए । ‘हामीले वडा कार्यालयमा पनि मकैबालीमा फौजी किराले पुर्याएको समस्याबारे जानकारी गराइसकेका छौ, अधिकारी भने ‘किसानले लगाएका मकै बाली ७५ प्रतिशतभन्दा बढी सखाप पारिसक्यो, तर वडा कार्यालयले कुनै वास्ता गरेको छैन ।’

तर नगरपालिकाका कृषि प्रसार अधिकृत रामेश्वर श्रेष्ठले भने वडा नम्बर ११ बाहेक अन्य ठाउँबाट आफुहरुलाई कुनै जानकारी नआएको बताए । उनका अनुसार वडा नम्बर ११ मा कतिपय किसानको बारीमा सतप्रतिशतसम्म फौजी किराले मकै सखाप पारेको छ । ‘हामीलाई अन्य वडाहरुबाट फौजी किराले मकैबाली सखाप पारेको भन्ने जानकारी कतैबाट आएको छैन, श्रेष्ठले भने ‘वडा नम्बर ११ मा म आफै ३ पटकसम्म पुगेर किसानलाई विषादी छर्कने र किरा नियन्त्रण गर्ने उपाय सिकाएर आएको छु ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना