२०८३, २० जेष्ठ बिहीबार

पाँचखालका किसान भन्छन ‘फौजी किरा नियन्त्रण गर्न जनप्रतिनिधिले सहयोग गरेनन’

पाँचखालका किसान भन्छन ‘फौजी किरा नियन्त्रण गर्न जनप्रतिनिधिले सहयोग गरेनन’


धुलिखेल, २७ जेठ : काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरुले अमेरिकन पौजी किरा नियन्त्रणका लागि जनप्रतिनिधिले कुनै वास्ता नगरेको गुनासो गरेका छन् । पाँचखाल नगरपालिकाको वडा नम्बर १०, ११ र १२ नम्बर वडामा फौजी किराले मकैबाली सखाप पारिसकेको छ । तर नियन्त्रणमा वडा कार्यालयहरुले कुनै पहल नगरेको किसानहरुले गुनासो गरेका छन् ।

वडा नम्बर १० का गणेश अधिकारीले जनप्रतिनिधिले किसानको गुनासो नसुन्दा मकै बाली सखाप भएको बताए । ‘हामीले वडा कार्यालयमा पनि मकैबालीमा फौजी किराले पुर्याएको समस्याबारे जानकारी गराइसकेका छौ, अधिकारी भने ‘किसानले लगाएका मकै बाली ७५ प्रतिशतभन्दा बढी सखाप पारिसक्यो, तर वडा कार्यालयले कुनै वास्ता गरेको छैन ।’

तर नगरपालिकाका कृषि प्रसार अधिकृत रामेश्वर श्रेष्ठले भने वडा नम्बर ११ बाहेक अन्य ठाउँबाट आफुहरुलाई कुनै जानकारी नआएको बताए । उनका अनुसार वडा नम्बर ११ मा कतिपय किसानको बारीमा सतप्रतिशतसम्म फौजी किराले मकै सखाप पारेको छ । ‘हामीलाई अन्य वडाहरुबाट फौजी किराले मकैबाली सखाप पारेको भन्ने जानकारी कतैबाट आएको छैन, श्रेष्ठले भने ‘वडा नम्बर ११ मा म आफै ३ पटकसम्म पुगेर किसानलाई विषादी छर्कने र किरा नियन्त्रण गर्ने उपाय सिकाएर आएको छु ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : १४ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल