२०८२, १६ कार्तिक शनिबार

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने


धुलिखेल, २७ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ मा रहेको बुद्धोदय माध्यामिक विद्यालयले कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन गर्ने भएको छ । बुद्धोदयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले कक्ष सञ्चालनका लागि छनौट गरिसकेको प्रधानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा देशभरबाट आवेदन दिएका मध्ये सिन्धुपाल्चोकका दुईवटा विद्यालय छनौट भएका छन् । रत्नराज्य मावि चनौटेमा सिभिल इन्जिनियरिङ र बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन लागि केन्द्रले छनौट गरेको हो । कम्प्युटर इन्जिनियरिङमा कक्षा ९ देखि १२ सम्मको कोर्ष हुनेछ । ‘लकडाउन नभएको भए धेरै प्रक्रिया अघि बढिसक्थ्यो, प्रधानाध्यापक श्रेष्ठले भने ‘केहि ढिलाइ भएको छ, तर हामी जसरी पनि कम्प्युटर इन्जिनियरिङ विषय पठाएरै छाड्छाँै ।’

कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने वा तत्काललाई गाडीको ब्यवस्था गर्ने भन्ने बारे छलफल भइरहेको बताइएको छ । पहिलो शैक्षिक सत्रमा पालिकाभित्रका सबै वडाका इच्छुक विद्यार्थी पठाउने र अर्को शैक्षिक सत्रदेखि छिमेकी जिल्ला र पालिकाका बालबालिकालाई समेत भर्ना लिने योजना रहेको प्रधानाध्यापक श्रेष्ठले बताए । छ । ‘एशियाली विकास बैंकको आर्थिक सहयोगमा भुकम्पले भत्काएको विद्यालय भवन निर्माण पुरा हुने अन्तिम चरणमा रहेको छ, त्यसैले सिकाइका लागि हामीलाई कक्षा कोठाको अभाव हुने अवस्था छैन, प्रधानाध्यापक श्रेष्ठले भने ‘गाउँका बालबालिकाहरु नयाँ विषय पढ्नका लागि राजधानी वा सहर छिर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

बुद्धोलय माध्यामिक विद्यालयलाई बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले चालु शैक्षिकका लागि इ लाइब्रेरी, स्मार्ट बोर्ड र आइसिटी ब्यवस्थापनका लागि सहयोग गरेको छ । निर्देशनालयले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेर र आवश्यक सामग्री खरिदको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाई छ । ‘निर्देशनालयबाट प्राप्त सहयोगको हामीले छिट्टै कार्यान्वयनमा जानुपर्छ, प्रधानाध्यापक श्रेष्ठले भने ‘यसका लागि जसरी सहयोग प्राप्त गर्न सहयोग पाइयो त्यसै गरी कार्यान्वयनको चरणमा जाँदा पनि सबैको सहयोग आवश्यक छ ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ६ : ३८ बजे

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले