२०८२, १० फाल्गुन आईतबार

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने


धुलिखेल, २७ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ मा रहेको बुद्धोदय माध्यामिक विद्यालयले कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन गर्ने भएको छ । बुद्धोदयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले कक्ष सञ्चालनका लागि छनौट गरिसकेको प्रधानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा देशभरबाट आवेदन दिएका मध्ये सिन्धुपाल्चोकका दुईवटा विद्यालय छनौट भएका छन् । रत्नराज्य मावि चनौटेमा सिभिल इन्जिनियरिङ र बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन लागि केन्द्रले छनौट गरेको हो । कम्प्युटर इन्जिनियरिङमा कक्षा ९ देखि १२ सम्मको कोर्ष हुनेछ । ‘लकडाउन नभएको भए धेरै प्रक्रिया अघि बढिसक्थ्यो, प्रधानाध्यापक श्रेष्ठले भने ‘केहि ढिलाइ भएको छ, तर हामी जसरी पनि कम्प्युटर इन्जिनियरिङ विषय पठाएरै छाड्छाँै ।’

कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने वा तत्काललाई गाडीको ब्यवस्था गर्ने भन्ने बारे छलफल भइरहेको बताइएको छ । पहिलो शैक्षिक सत्रमा पालिकाभित्रका सबै वडाका इच्छुक विद्यार्थी पठाउने र अर्को शैक्षिक सत्रदेखि छिमेकी जिल्ला र पालिकाका बालबालिकालाई समेत भर्ना लिने योजना रहेको प्रधानाध्यापक श्रेष्ठले बताए । छ । ‘एशियाली विकास बैंकको आर्थिक सहयोगमा भुकम्पले भत्काएको विद्यालय भवन निर्माण पुरा हुने अन्तिम चरणमा रहेको छ, त्यसैले सिकाइका लागि हामीलाई कक्षा कोठाको अभाव हुने अवस्था छैन, प्रधानाध्यापक श्रेष्ठले भने ‘गाउँका बालबालिकाहरु नयाँ विषय पढ्नका लागि राजधानी वा सहर छिर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

बुद्धोलय माध्यामिक विद्यालयलाई बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले चालु शैक्षिकका लागि इ लाइब्रेरी, स्मार्ट बोर्ड र आइसिटी ब्यवस्थापनका लागि सहयोग गरेको छ । निर्देशनालयले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेर र आवश्यक सामग्री खरिदको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाई छ । ‘निर्देशनालयबाट प्राप्त सहयोगको हामीले छिट्टै कार्यान्वयनमा जानुपर्छ, प्रधानाध्यापक श्रेष्ठले भने ‘यसका लागि जसरी सहयोग प्राप्त गर्न सहयोग पाइयो त्यसै गरी कार्यान्वयनको चरणमा जाँदा पनि सबैको सहयोग आवश्यक छ ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ६ : ३८ बजे

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)