२०८३, १० भाद्र बिहीबार

मण्डनदेउपुरका छात्राहरुलाई स्यानेटरी प्याड

मण्डनदेउपुरका छात्राहरुलाई स्यानेटरी प्याड


धुलिखेल २६ जेठ : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयमा गर्ने सबै छात्राहरुको लागि वातावरमैत्री स्यानेटरी प्याड वितरण गर्ने भएको छ । आगामी आर्थिक बर्षमा वातावरमैत्री स्यानेटरी प्याड खरिदका लागि संघीय सरकारले नगरपालिकालाई १६ लाख रुपैयाँ पठाएको छ । छात्राहरु महिनावारी हुदाँ विद्यालय नै नजाने समस्या रहेको भन्दै पढाइबाट बञ्चित नहुन भन्नका लागि प्याड निःशुल्क वितरण गर्न लागिएको उपप्रमुख निर्मला शाहीले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक बर्षमा पनि छात्राहरुको लागि २ लाख रुपैयाँको गरेर ६ वटा विद्यालयमा स्यानेटरी प्याड वितरण गरेको थियो । त्यस्तै १२ वटै वडाका गरी जम्मा १९ जना महिलाहरुलाई कपडाको वातावरमैत्री प्याड बनाउने तालिम दिइएको उपप्रमुख शार्माले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ५३ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री