२०८३, १६ बैशाख बिहीबार

काभ्रेका होटलमा ६ सय २७ बेडको क्वारेन्टाइन बनाइने

काभ्रेका होटलमा ६ सय २७ बेडको क्वारेन्टाइन बनाइने

एक रातको कम्तीमा तिन हजार


धुलिखेल, २६ जेठः धुलिखेल, २६ जेठः विदेशबाट फर्किएका र पैसा तिरेर बस्न इच्छा भएकालाई राख्न काभ्रेमा ६ सय २७ बेडको होटल क्वारेन्टाइन निर्माण गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा हालसम्म सरकारी क्वारेन्टाइनको संख्या ६ सय ७४ बेड तयारी अवस्थामा छ ।

क्षेत्रिय होटल संघ काभ्रेले डिसीसीएमसीलाई १४ वटा होटलको सूची बुझाएको छ । जुन सबै धुलिखेलका मात्रै छन् । धुलिखेल र बनेपाका गरी ४० वटा होटल क्वारेन्टाइनका लागि तयारी अवस्थामा रहेको संघका अध्यक्ष प्रेम कण्ठ मकाजु श्रेष्ठले बताए । डिसीसीएमसीमा होटल संघले एक जनाको एक रात बसे बराबर ३ हजार लिने प्रस्ताव गरेको छ ।

संघले प्रस्ताव गरेको होटलहरुमा २, ३, ४ स्टारसम्मका छन् । यी होटलहरुमा ८ हजारसम्म प्रतिदिन बसे बापत तिर्नुपर्नेछ । ‘यो प्याकेजमा हो, चार पटक खाना र सुत्ने ब्यवस्था सहित ३ हजार देखि ८ हजार रुपैयाँ सम्मको मूल्य प्रस्ताव गरेका छौँ, संघका अध्यक्ष श्रेष्ठले भने ‘यो साविकै दररेट हो ।’

युएईबाट काभ्रेका ३ जना जिल्ला आइसकेका छन् । रोशीका १ जना, पनौतीका १ जना र नमोबुद्धका १ जना रहेका छन् । उनीहरु सबै सम्बन्धित पालिकाको स्वारेन्टाइनमा रहेको धुलिखेल स्थित नेपाली सेनाको विष्णु दल गणले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले