२०८३, १४ श्रावण शुक्रबार

काभ्रेमा बोटमै सुक्यो फूल, करोडौँकाे नाेक्सान

काभ्रेमा बोटमै सुक्यो फूल, करोडौँकाे नाेक्सान

फूल सुकेको देख्दा रुन मन लाग्छ


धुलिखेल, २६ जेठः काभ्रेमा नयाँ ब्यवसायको रुपमा बिस्तारै फट्को मार्न थालेको पुष्प ब्यवसाय थला परेको छ । भ्रमण वर्षलाई लक्षित गरेर जमिनको क्षेत्रफल बढाएर फूल खेती गरेका किसानहरु अन्य ब्यवसाय भन्दा बढी मारमा परेका छन् ।

काभ्रेमा यसअघि बाढीको धक्काबाट विस्तारै लयमा फर्किएका फूल खेती गर्ने किसानहरु कोरोना भाइरस नफैलियोस भन्नका लागि जारी लकडाउनका कारण थला परेका हुन् । लकडाउन भएको दिन देखि फूल बिक्रि नहुन छाडेको फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । काभ्रेका फूल खेती गर्ने किसानलाई लकडाउनको यो अवधिमा ४÷५ करोडको आर्थिक क्षति ब्यहोरेको एशोसियसनले जनाएको छ ।

फूल फुल्ने सिजनमै लकडाउन भएपछि किसानहरु चिन्तित छन् । टनेलभित्र फूल फुलेका छन् । तर लगेर बेच्ने ठाउँ छैन् । लगनको बेला स्वाभाविक रुपमा फूल बढी खपत हुने गर्छ । तर यो वर्ष फूल बिक्री हुनै नसकेको अध्यक्ष श्रेष्ठले बताए । ‘हाम्रो मुख्य सिजन भनेकै यहि हो, भ्रमण वर्षलाई लक्षित गरेर म लगायत धेरै साथीहरुले फूल खेतीलाई बढाइरहनुभएको थियो, उनले भने ‘बरु तरकारी त केहि कम मुल्यमा भएपनि फाट्ट, फुट्ट बिक्री भइरहेको छ, तर फूल त एक थुंगा पनि बिक्री भएको छैन ।’

गएको बैशाखमा १५ लाखको फूल बेचेका श्रेष्ठको फार्ममा यो वर्ष बोटमै फूल सुकेका छन् । २० रोपनीमा खेती गरेका श्रेष्ठ भन्छन् ‘भ्रमण वर्षलाई समेत लक्षित गरेर लगानी बढाइयो, तर बारीमा गइयो फूल सुकेको देख्दा रुन मन लाग्छ ।’ श्रेष्ठ जस्तै काभ्रेमा ब्यवसायीक रुपमा फूल खेती गर्ने किसानको संख्या एक दर्जन किसान छन् । नर्सरी र पुष्प पसल सहित गर्दा २५ जनाको संख्यामा पुष्प ब्यवसायमा आबद्ध किसान छन् । जनागालका रबि खड्काले पनि फूल बिक्री नहुदाँ निकै समस्या परेको बताए ।

कार्नेसन, जलभेरा, गुलाब, स्ट्रेटिस (लिमुनियम), जिप्सोफिल्ला, ग्राडुलस जातको फूल ब्यवसायीक रुपमा उत्पादन हुदैँ आएको छ । त्यस्तै मौसमी फूलका रुपमा मेरिगोल्ड र गोदावरी समेत उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रेका उपाध्यक्ष भेष बहादुर दनुवारले बताए । तर यो वर्ष कुनै पनि फूल बिक्री नभएको किसानहरुले बताएका छन् । यसअघिको बाढीले काभ्रेमा साढे ३ करोडको आर्थिक क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ५ : ४२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा