२०८३, २० आश्विन बुधबार

उपत्यकामा स्मार्ट सिटीमा परिणत हुदै डीपीआर तयार भयो

उपत्यकामा स्मार्ट सिटीमा परिणत हुदै डीपीआर तयार भयो


काठमाडौं २६ जेठ : काठमाडौं उपत्यकामा प्रस्तावित चार वटा ‘स्मार्ट सिटी’ मध्ये तीन वटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।

प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख बैठकमा अनुपस्थित रहनुभएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको उनले बताए ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म ९पूर्व–उत्तर० ‘काठमाडौँ इसान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भने, त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ९ : ४० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको