२०८२, २५ भाद्र बुधबार

पनौतीमा संक्रमितका परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

पनौतीमा संक्रमितका परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

पाँचखालका दुइ जनाकाे पनि रिपाेर्ट नगेटिभ


धुलिखेल, २५ जेठः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमित महिलाका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा संक्रमित ३९ बर्षिया महिलाका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको थियो ।

६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले पुष्टि गरे । संक्रमित परिवारका सदस्यहरुको शनिबार स्वाब संकलन गरेर धुलिखेल अस्पताल ल्याइएको थियो । डाक्टर झाका अनुसार पाँचखालका संक्रमितसँगै क्वारेन्टाइनमा बसेका अन्य दुई जनाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितका परिवारलाई भने क्वारेन्टाइनमा राखिएको छ ।

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार काभ्रे जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको थियो । रोशी गाउँपालिकाका ३ जना, पनौती र पाँचखाल नगरपालिकाका १÷१ जनामा कोरोना देखिएको हो । संक्रमितहरुको भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

गाउँघरमै खेती पाती गर्ने पनौतीका महिलामा कोरोना संक्रमण देखिएपछि कहाँबाट कोरोना फैलियो भन्ने पत्ता लगाउन कन्ट्याक टेसिङको काम भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ७ : १२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा