२०८२, १७ चैत्र बुधबार

पनौतीमा संक्रमितका परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

पनौतीमा संक्रमितका परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

पाँचखालका दुइ जनाकाे पनि रिपाेर्ट नगेटिभ


धुलिखेल, २५ जेठः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमित महिलाका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा संक्रमित ३९ बर्षिया महिलाका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको थियो ।

६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले पुष्टि गरे । संक्रमित परिवारका सदस्यहरुको शनिबार स्वाब संकलन गरेर धुलिखेल अस्पताल ल्याइएको थियो । डाक्टर झाका अनुसार पाँचखालका संक्रमितसँगै क्वारेन्टाइनमा बसेका अन्य दुई जनाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितका परिवारलाई भने क्वारेन्टाइनमा राखिएको छ ।

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार काभ्रे जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको थियो । रोशी गाउँपालिकाका ३ जना, पनौती र पाँचखाल नगरपालिकाका १÷१ जनामा कोरोना देखिएको हो । संक्रमितहरुको भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

गाउँघरमै खेती पाती गर्ने पनौतीका महिलामा कोरोना संक्रमण देखिएपछि कहाँबाट कोरोना फैलियो भन्ने पत्ता लगाउन कन्ट्याक टेसिङको काम भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ७ : १२ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका