२०८२, २८ पुस सोमबार

विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

गाडीभाडा धुलिखेल नगरपालिकाले ब्यहोर्ने


धुलिखेल, २५ जेठः विदेशबाट उद्धार गरि ल्याइएका काभ्रेलीलाई धुलिखेल स्थित सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेको आइतबार बसेको बैठले यस्तो निर्णय गरेको हो ।

बैठकले कोभिड संकट ब्यवस्थापन केन्द्रको सम्पर्क ब्यक्तिको जिम्मा विष्णुदल गणका सेनानी प्रकाश कुमार उप्रेतीलाई तोकेको छ । काठमाण्डौको होल्डिङ क्षेत्रमा राखिएका काभ्रेलीहरुलाई धुखिलेख नगरपालिकाले सवारी साधनको ब्यवस्थापन गर्ने छ ।

काठमाण्डौबाट धुलिखेल ल्याउँदा लाग्ने गाडीभाडा धुलिखेल नगरपालिकाले ब्यहोर्नेछ । बैठकले सबै स्थानीय तहहरुले भिटिएम मेसिन खरिद गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेस्टिङ प्रोटोकल अनुसार मात्रै स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षणका लागि आग्रह गरेको छ ।

त्यस्तै बैठकले यसअघि भएको निर्णय बमोजिम १ सय बेडको क्वारेन्टाइन बनाउन जिल्लाका सबै स्थानीय तहरुलाई जतिसक्दो छिट्टो कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ३९ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३