धुलिखेल, २५ जेठ : विपदमा सक्नेले नसक्नेलाई राहत वितरण गर्ने हो । तर राहतको नाममा राजनीति गर्नु चाँहि राम्रो होइन । कोभिड १९ ले विश्व आक्रान्त छ । नेपालमा पनि यसको असर ब्यापक बन्दै गइरहेको छ ।
नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न काम भइरहेका छन् । दैनिक ज्याला मजदुरी गर्नेलाई स्थानीय तह मार्फत राहत वितरण गर्ने काम पनि भइरहेको छ । तर आइतबार धुलिखेलमा भने राहत वितरणको दृश्य अलिक फरक देखियो ।
यसको अर्थ सहयोग दिनै हुदैँन थियो भन्ने होइन । विपद्का बेला हरेक टोल, गाउँ, बस्ती पुगेर सहयोग गर्नु सबैको दायित्व हो । तर गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिका मेयरका प्रत्याशि एवं काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिने रमेशप्रसाद हुमागाई आफै धुलिखेल नगरपालिका वडा नम्बर ३ का विभिन्न गाउँ पुगेर ‘नेपाली काँग्रेस धुलिखेल’ लेखिएको पानीको जार वितरण गरेका छन् ।
उनको साथमा जिल्ला सदस्य समिर ब्याञ्ञु श्रेष्ठ वडा सभापति प्रल्हाद आचार्य, युवा नेताहरु सजय तामाङ र श्याम दर्शन गणेजु लगायत नेपाली काँग्रेस धुलिखेल नगर समितिका पदाधिकारी पुगेका थिए । राहत वितरण पछि हुमागाईले आफ्नो फेसबुकमा फोटो पोष्ट गर्दै लेखेका छन् । ‘कोरोना जोखिम कम गर्न आज नेपाली कांग्रेस धुलिखेल नगर समितिबाट उपलब्ध खानेपानी जार ३ सेट र सेनिटाईजर धुलिखेल नगरपालिका वडा नं ३ को आचार्य गाऊँ, तल्लो कुत्ताल र चंखुवेशीमा रहेको ३ वटा दुग्ध डेरीहरुलाई हस्तान्तणर गर्यौ ।’








प्रतिक्रिया