२०८३, ७ कार्तिक शनिबार

पाँचखालको तरकारी २ रुपैयाँमा पनि बिक्री हुन छाड्यो

पाँचखालको तरकारी २ रुपैयाँमा पनि बिक्री हुन छाड्यो

सित्तै लगेर खाने मान्छे समेत नपाएको किसानको गुनासो


धुलिखेल, २५ जेठः अघिल्लो साल यहि सिजनमा पाँचखालका किसानको मुख निकै प्रफुल्ल देखिन्थ्यो । आफुले लगाएको तरकारी लिन सकेसम्म खेतबारीमै नभए पायक पर्ने ठाउँसम्म गाडी आइपुग्थ्यो ।

तर यो वर्ष खेतबारी त के तामाघाट बजारसम्म ल्याइदिन्छौ, त्यहाँबाट लैजानुस भन्दा पनि ब्यापारी पुगेका छैनन् । हुन त अघिल्लो वर्षको जस्तो बजार र पसल खुल्ला त छैन । तर सरकारले तरकारी ढुवानी गर्न कुनै अवरोध नगर्ने बताएको छ । पाँचखाल नगरपालिकाका उपप्रमूख लक्ष्मी दनुवारका अनुसार २/३ रुपैयाँ प्रतिकेजीमा समेत तरकारी बिक्री हुन सकेको छैन ।

नगरपालिकाले ‘कृषि सहर, पाँचखाल नगर’ आफ्नो नारा नै बनाएको छ । हरेक किसानले ब्यवसायीक रुपमा तरकारी खेती गरेका छन् । तर यो वर्ष न त बजार, न मूल्य । किसान निराश छन् । लगानी समेत नउठ्ने चिन्ता छ । खेतबारी मै कुहाउनु भन्दा सित्तैमा लगेर खानुस भन्दा पनि लैजाने मान्छे नपाएको गुनासो गर्छन पाँचखालका किसान ।

छिमेकी जिल्लाहरुमा तरकारी ढुवानीका लागि नगरपालिकाले विशेष पासको ब्यवस्था पनि गरेको छ । तर किसानको तरकारी खेत बारीमै कुहिएको छ । पाँचखाल काभ्रेको मात्रै नभएर बागमती प्रदेशकै खेतीका लागि उर्वर भुमि मानिन्छ । गोलभेडाँ, सिमी, बोडी, काँक्रो, भेण्टी जस्ता बर्खे सिजनका तरकारी खेत बारीमै कुहिएका हुन् ।

अघिल्लो साल यहि सिजनमा दैनिक सय गाडी भन्दा बढी ताजा तरकारी बजारका आउने गरेको उपप्रमुख दनुवारले बताइन् । तर अहिले मुस्किलले दैनिक ५/७ गाडी मात्रै तरकारी पाँचखालबाट बाहिरीने गरेको छ । ‘नगरपालिकाले तरकारी ढुवानीमा सहज होस भनेर छुट्टै पासको समेत ब्यवस्था गरेको छ, उनले भनिन् ‘तर किसानले मुल्य र बजार दुबै पाएका छैनन, ब्यापारीहरु नै लिन आएका छैनन् ।’

नगरपालिकाको तथ्याङक अनुसार पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको थियो । तर अहिले बजारमा तरकारी नै माग नभएको ब्यापारीहरु बताउँछन् । किसानहरुले भने भारतीय तरकारी भित्र्याएर नेपाली तरकारीको विक्री वितरण ठप्प गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ९ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना