२०८३, १४ श्रावण शुक्रबार

पाँचखालको तरकारी २ रुपैयाँमा पनि बिक्री हुन छाड्यो

पाँचखालको तरकारी २ रुपैयाँमा पनि बिक्री हुन छाड्यो

सित्तै लगेर खाने मान्छे समेत नपाएको किसानको गुनासो


धुलिखेल, २५ जेठः अघिल्लो साल यहि सिजनमा पाँचखालका किसानको मुख निकै प्रफुल्ल देखिन्थ्यो । आफुले लगाएको तरकारी लिन सकेसम्म खेतबारीमै नभए पायक पर्ने ठाउँसम्म गाडी आइपुग्थ्यो ।

तर यो वर्ष खेतबारी त के तामाघाट बजारसम्म ल्याइदिन्छौ, त्यहाँबाट लैजानुस भन्दा पनि ब्यापारी पुगेका छैनन् । हुन त अघिल्लो वर्षको जस्तो बजार र पसल खुल्ला त छैन । तर सरकारले तरकारी ढुवानी गर्न कुनै अवरोध नगर्ने बताएको छ । पाँचखाल नगरपालिकाका उपप्रमूख लक्ष्मी दनुवारका अनुसार २/३ रुपैयाँ प्रतिकेजीमा समेत तरकारी बिक्री हुन सकेको छैन ।

नगरपालिकाले ‘कृषि सहर, पाँचखाल नगर’ आफ्नो नारा नै बनाएको छ । हरेक किसानले ब्यवसायीक रुपमा तरकारी खेती गरेका छन् । तर यो वर्ष न त बजार, न मूल्य । किसान निराश छन् । लगानी समेत नउठ्ने चिन्ता छ । खेतबारी मै कुहाउनु भन्दा सित्तैमा लगेर खानुस भन्दा पनि लैजाने मान्छे नपाएको गुनासो गर्छन पाँचखालका किसान ।

छिमेकी जिल्लाहरुमा तरकारी ढुवानीका लागि नगरपालिकाले विशेष पासको ब्यवस्था पनि गरेको छ । तर किसानको तरकारी खेत बारीमै कुहिएको छ । पाँचखाल काभ्रेको मात्रै नभएर बागमती प्रदेशकै खेतीका लागि उर्वर भुमि मानिन्छ । गोलभेडाँ, सिमी, बोडी, काँक्रो, भेण्टी जस्ता बर्खे सिजनका तरकारी खेत बारीमै कुहिएका हुन् ।

अघिल्लो साल यहि सिजनमा दैनिक सय गाडी भन्दा बढी ताजा तरकारी बजारका आउने गरेको उपप्रमुख दनुवारले बताइन् । तर अहिले मुस्किलले दैनिक ५/७ गाडी मात्रै तरकारी पाँचखालबाट बाहिरीने गरेको छ । ‘नगरपालिकाले तरकारी ढुवानीमा सहज होस भनेर छुट्टै पासको समेत ब्यवस्था गरेको छ, उनले भनिन् ‘तर किसानले मुल्य र बजार दुबै पाएका छैनन, ब्यापारीहरु नै लिन आएका छैनन् ।’

नगरपालिकाको तथ्याङक अनुसार पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको थियो । तर अहिले बजारमा तरकारी नै माग नभएको ब्यापारीहरु बताउँछन् । किसानहरुले भने भारतीय तरकारी भित्र्याएर नेपाली तरकारीको विक्री वितरण ठप्प गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ९ : ४४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा