२०८३, १८ श्रावण मंगलबार

पूर्वमन्त्री बास्कोटाले भने ‘ओली सरकारलाई काभ्रेली जनताको तर्फबाट डल्लै धन्यवाद’

पूर्वमन्त्री बास्कोटाले भने ‘ओली सरकारलाई काभ्रेली जनताको तर्फबाट डल्लै धन्यवाद’


काठमाण्डौ, २४ जेठ, पूर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री एवं काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओली र वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले बजेट, नीति तथा कार्यक्रममा काभ्रेलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

पुर्व मन्त्री बास्कोटाले संघ सरकारले समेट्न नसकेको काभ्रेको कतिपय योजनाहरु प्रदेश सरकारले समेट्ने दाबी समेत गरे । उनले भने ‘आर्थिक सङ्कट र चुनौति झेल्दै सरकारले ल्याएको बजेटले मेरो निर्वाचन क्षेत्र मात्र होईन सिङ्गो काभ्रे जिल्लाकै समग्र विकास प्रकृयालाई अत्यन्त सहि दिशासाथ अगाडी बढाएको छ ।’

पूर्व मन्त्री बाँस्कोटाले सडक, पुल, खानेपानी, कृषि, सिंचाई, शहरी पर्वाधार, सहायक राजमार्गको निर्णय सहितको बजेट ब्यवस्था, पर्यटन पुर्वाधार, ठुला र मझौला विद्यूत योजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नती, हवाई मैदान जस्ता अनेकौ योजनाहरुमा करोडौ करोड बजेट विनियोजन गरेको भन्दै खुशी ब्यक्त गरेका छन् ।

पूर्वमन्त्री बास्कोटाले धेरै काम गर्नु पर्ने भएपनि समय भने निकै थोरै रहेको बताएका छन् । उले भनेका छन ‘प्रदेशको बजेट आउनै बाँकी छ । म ढुक्क छु (केन्द्रमा समेट्न नसकिएका योजना बाग्मती प्रदेशले समेटने छ । फेरि चालु योजना पनि जारी नै रहेका छन । सम्बृद्द काभ्रे निर्माणको हाम्रो यात्रा अकन्टक ईन्द्रावती र सुनकोशी झै शान्त तर गतिसाथ अघि बढिरहेछन (अबिरल, अबिरल । धन्यवाद प्रम केपी शर्मा ओली र उनको सरकारलाई डल्लै काभ्रेलीका तर्फबाट ।’

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ४ : ०१ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ