२०८२, १९ चैत्र शुक्रबार

रोशीमा कोरोना संक्रमण पुष्टिपछि अवस्था कस्तो छ ?

रोशीमा कोरोना संक्रमण पुष्टिपछि अवस्था कस्तो छ ?

गाउँपालिकालाइ क्वारेन्टाइनमा खटिएका स्वास्थ्य र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गर्न दबाब


धुलिखेल, २४ जेठः एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकामा थप सुरक्षाका उपाय अपनाइएको छ । नागरिकहरुलाई अति आवश्यक काम बाहेक बाहिरा नस्किन भनिएको छ ।

पालिकाको वडा नम्बर ९ स्थित मंगल जनविजय माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित हुनेहरुमा रोजगारीका सिलसिलामा भारतबाट गाउँ फर्किएका २० बर्षीय महिला, २२ र २९ बर्षीय २ जना पुरुष छन् । पालिका प्रमुख डिबी लामाले सामाजिक सञ्जाल मार्फत त्रसित नभइ सुरक्षित भएर बस्न पालिका बासीलाई आग्रह गरेका छन् ।

पालिकाले क्वारेन्टाइनमा बसेका ७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । त्यस मध्ये ४ जनाको रिपोर्ट आयो । तीन जनामा कोरोना पुष्टि भयो । बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य संयोजक गंगालाल श्रेष्ठले बताए ।

मंगल जनविजय माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । उनीहरु पनि भारतबाटै आएका हुन् । ती मध्ये एक जना आज आएका हुन भने अन्यले ८ देखि १३ दिन बिताइसकेका छन् । उनीहरुको पनि स्वाब संकलन गरेर धुलिखेल अस्पताल स्थित कोरोना प्रयोगशालामा पठाइने स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।

एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन् । कतिपयले गाउँको बीचमा क्वारेन्टाइन राखेको भन्दै विरोध जनाएका छन् । स्थानीयले क्वारेन्टाइनमा खटिएका स्वास्थ्य कर्मी र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गर्न गाउँपालिकालाई दबाब दिएका छन् । ‘स्थानीयहरुले क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गराउन भन्नुभएको छ, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘यो माग जायज पनि हो, हामीले माथिल्लो निकायसँग आग्रह गरेका छौँ ।’

पालिकामा क्वारेन्टाइन संख्या ८५ पुगेकाे छ । वडा नम्बर २ स्थित लक्ष्मी नारायण माध्यामिक विद्यालय शिखर अम्बाेटेमा पनि क्वारेन्टाइन सञ्चालन गरिएकाे स्वास्थ्य संयाेजक श्रेष्टले बतााए ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  २ : ०९ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध