२०८३, १८ श्रावण मंगलबार

नगरपालिका संघले प्रधानमन्त्रीलाई भेटेर भन्यो ‘स्थानीय तहलाई थप स्रोतको ब्यवस्था मिलाइदिनु’

नगरपालिका संघले प्रधानमन्त्रीलाई भेटेर भन्यो ‘स्थानीय तहलाई थप स्रोतको ब्यवस्था मिलाइदिनु’


धुलिखेल, २४ जेठः नेपाल नगरपालिका संघले लकडाउन अवधिमा गरेका विविधि गतिविधिकोे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ । संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु सहित पुगेका नगरपालिका संघका पदाधिकारीहरुले जारी लकडाउनमा नगरपालिका संघले गरेको काम अवगत गराएको हो ।

झण्डै २ घण्टा नगरपालिका संघका पदाधिकारीसँग छलफल गरेका प्रधानमन्त्री ओलीले स्थानीय तहले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरेको कामको खुलेर प्रशंसा गरेका थिए । नगरपालिका संघले प्रधानमन्त्रीलाई आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि संघ सरकारले निर्धाण गरेको बजेट, नीति तथा कार्यक्रमको बारे समेत धन्यवाद दिदँै स्मार्ट सिटी र मेगा सिटी निर्माणका लागि आवश्यक थप रकम हालको बजेटमै ब्यवस्थ ागर्न आग्रह गरेको छ ।

त्यस्तै संघले स्थानीय तहका लागि आवश्यक राहत, स्वास्थ्यकर्मी भत्ता, स्वास्थ्य सामग्री र ब्यवस्थित क्वारेन्टाइनका लागि थप स्रोत परिचालनको ब्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको संघका अध्यक्ष ब्याञ्जुले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाममा खटिने स्वास्थ्यकर्मीको भत्ता र पर्याप्त स्वास्थ्य सामग्रीका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको छौँ, अध्यक्ष ब्याञ्जुले भने ‘प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएका छौँ ।’

प्रधानमन्त्री ओलीले खासगरी भारतबाट संक्रमित बढी भित्रिएको र सरकारले संयमतापूर्वक कोरोनाविरुद्ध विभिन्न उपचारात्मक काम गरेको भन्दै आफ्नो स्थानीय तहमा कोरोना संक्रमण नफैलियोस भन्नका लागि थप सजगताका साथ अघि बढ्न समेत स्थानीय तहरुलाई आग्रह गरेका थिए । कोरोनासँगै धेरै नेपाली स्वदेश फर्किने भएकाले सेल्फ आइसोलेसनलाई पनि बढावा दिनुपर्ने प्रधानमन्त्री ओलीको राय थियो ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ९ : ४६ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ