२०८३, १२ कार्तिक बिहीबार

नगरपालिका संघले प्रधानमन्त्रीलाई भेटेर भन्यो ‘स्थानीय तहलाई थप स्रोतको ब्यवस्था मिलाइदिनु’

नगरपालिका संघले प्रधानमन्त्रीलाई भेटेर भन्यो ‘स्थानीय तहलाई थप स्रोतको ब्यवस्था मिलाइदिनु’


धुलिखेल, २४ जेठः नेपाल नगरपालिका संघले लकडाउन अवधिमा गरेका विविधि गतिविधिकोे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ । संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु सहित पुगेका नगरपालिका संघका पदाधिकारीहरुले जारी लकडाउनमा नगरपालिका संघले गरेको काम अवगत गराएको हो ।

झण्डै २ घण्टा नगरपालिका संघका पदाधिकारीसँग छलफल गरेका प्रधानमन्त्री ओलीले स्थानीय तहले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरेको कामको खुलेर प्रशंसा गरेका थिए । नगरपालिका संघले प्रधानमन्त्रीलाई आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि संघ सरकारले निर्धाण गरेको बजेट, नीति तथा कार्यक्रमको बारे समेत धन्यवाद दिदँै स्मार्ट सिटी र मेगा सिटी निर्माणका लागि आवश्यक थप रकम हालको बजेटमै ब्यवस्थ ागर्न आग्रह गरेको छ ।

त्यस्तै संघले स्थानीय तहका लागि आवश्यक राहत, स्वास्थ्यकर्मी भत्ता, स्वास्थ्य सामग्री र ब्यवस्थित क्वारेन्टाइनका लागि थप स्रोत परिचालनको ब्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको संघका अध्यक्ष ब्याञ्जुले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाममा खटिने स्वास्थ्यकर्मीको भत्ता र पर्याप्त स्वास्थ्य सामग्रीका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको छौँ, अध्यक्ष ब्याञ्जुले भने ‘प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएका छौँ ।’

प्रधानमन्त्री ओलीले खासगरी भारतबाट संक्रमित बढी भित्रिएको र सरकारले संयमतापूर्वक कोरोनाविरुद्ध विभिन्न उपचारात्मक काम गरेको भन्दै आफ्नो स्थानीय तहमा कोरोना संक्रमण नफैलियोस भन्नका लागि थप सजगताका साथ अघि बढ्न समेत स्थानीय तहरुलाई आग्रह गरेका थिए । कोरोनासँगै धेरै नेपाली स्वदेश फर्किने भएकाले सेल्फ आइसोलेसनलाई पनि बढावा दिनुपर्ने प्रधानमन्त्री ओलीको राय थियो ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ९ : ४६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता